भक्तपुरको भाज्या पोखरी पुनर्निर्माण सम्पन्न | Khabarhub Khabarhub

 भक्तपुरको भाज्या पोखरी पुनर्निर्माण सम्पन्न


२५ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १२औं शताब्दीमा बनेको भक्तपुरको भाज्या पोखरीको पुनर्निर्माण सम्पन्न भएको छ । लोप हुने अवस्थामा रहेको पोखरीलाई भक्तपुर नगरपालिकाले पुनर्निर्माण गरेको हो ।

भक्तपुर नगरपालिका वडा नम्बर–१ दुधपाटीस्थित भक्तपुर क्याम्पससंगै जोडिएको भाज्या पुखु (भाज्या पोखरी) को पुनर्निर्माण सम्पन्न भएपछि शुक्रबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ उद्घाटन गरे ।

उपभोक्ता समितिले करिब ३ करोड लागतमा पुनर्निर्माण कार्य सम्पन्न गरेको हो । त्यस्तै भाज्या पुखुको बीचमा जलेश्वरनाथ मन्दिर समेत पुनर्निर्माण गरेर उद्घाटन गरिएको छ ।

भग्नावशेषको रूपमा रहेको भाज्यापुखुको बीचमा माटोको थुम्को रहेपनि भक्तपुर नगरपालिकाले पुरात्वविदहरुको सहयोगमा अध्ययन गर्दा पोखरीको बीचमा जलेश्वर मन्दिर रहेको इतिहासका आधारमा मन्दिर पुनर्निर्माण गरिएको थियो ।

पोखरी र मन्दिर उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष बिजुक्छेले पुरातत्व बिभाग लगाएत सरोकारवाला निकायहरुले प्राचिन स्थानको पहिचान गर्दै यसको संरक्षण गर्नुपर्ने बताए । उनले नयाँ पुस्तालाई प्राचिक कुराहरुबारे जानकारी गराउन पाठ्यपुस्तकमा समावेश गर्नुपर्ने धारणा राखे ।

त्यस्तै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाकाले गरिरहेको सम्पदा संरक्षण कार्यले इतिहासको रक्षा हुनुका साथै भक्तपुरको आन्तरिक र बाह्य पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले सवैको सहयोगमा भाज्या पोखरीको पुनर्निर्माण सम्पन्न भएको बताए ।  कार्यक्रममा पुननिर्माणका लागि सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ४ : ५७ बजे

अमेरिकी राष्ट्रपतिमा ह्यारिसको उम्मेदवारी घोषणा, ओबामाले पनि गरे समर्थन

काठमाडौँ– अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले आगामी राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ