पुटिनले गरे युक्रेनमा लडिरहेका महिला सैनिकको प्रशंसा « Khabarhub

पुटिनले गरे युक्रेनमा लडिरहेका महिला सैनिकको प्रशंसा


२५ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


669
Shares
  • change font
  • change font
  • change font

मस्को– रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै भिडियो सन्देशमा युक्रेनमा लड्ने महिला सैनिक र आफ्नो मुलुकका सशस्त्र बललाई समर्थन गर्नेहरूको प्रशंसा गरेका छन् ।

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा उनले ५२ महिला कैदीलाई रिहा गर्ने आदेशसमेत जारी गरे । उनीहरूको आफन्त सेनामा थिए । बिदा मनाउका लागि सम्बोधन गर्दै पुटिनले विशेष सैन्य अभियानको क्षेत्रमा रहेका महिलाहरूलाई विशेष धन्यवाद दिए । रुसले युक्रेनविरुद्धको आफ्नो पूर्ण स्तरका आक्रमणलाई ‘विशेष सैन्य अभियान’ भन्ने गरेको छ ।

रुसी रक्षामन्त्री सर्गेई शोइगुले शुक्रबार तीन लाखभन्दा बढी महिला सशस्त्र बलमा सेवा र काम गर्ने गरेको जानकारी दिए । गत वर्ष उनले युक्रेनमा करिब एक हजार एक सय महिलाले ‘लडाइँ’ लडिरहेको बताएका थिए । तीमध्ये अधिकांश चिकित्सक, नर्स र भान्सेजस्ता सहायक भूमिकामा छन् ।

अर्को भिन्नै भिडियो सन्देशमा शोइगुले युक्रेनमा लडिरहेका सैनिकका आमाहरूलाई धन्यवाद दिए। ‘तपाईँहरूले सच्चा देशभक्त र मातृभूमिका बहादुर रक्षकहरू हुर्काउनुभएको छ’, उनले भने ।

सन् २०२२ फेब्रुअरीमा युक्रेनमा सेना पठाएपछि रुसले सैनिकहरूलाई ‘नायक’ का रूपमा सम्मानित गरेको छ र सेनाको प्रतिष्ठा बढाउन तथा उनीहरूको सुरक्षा गर्न खोजेको छ ।

कडा सेन्सरसिप कानूनअन्तर्गत सशस्त्र बलहरूको ‘अपमान’ गर्ने वा सैन्य अभियानका बारेमा ‘गलत सूचना’ फैलाउने सयौँ मानिसमाथि मुद्दा चलाइएको छ ।

हालैका साताहरूमा सङ्गठित सैनिकहरूका केही श्रीमतीले आफ्ना पतिहरूलाई अग्रिम पङ्क्तिबाट हटाएर घर ल्याउन माग गर्दै क्रेमलिनबाहिर दुर्लभ विरोध प्रदर्शन गरेका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ६ : १० बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४