जेलबाट सुकेशले फेरि ज्याकलिनलाई लेखे चिठी « Khabarhub

जेलबाट सुकेशले फेरि ज्याकलिनलाई लेखे चिठी


२५ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


31.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतका कुख्यात ठग सुकेश चन्द्रशेखर बलिउड नायिका ज्याकलिन फर्नान्डेजलाई फेरि चिठी लेखेका छन् । पछिल्लो समय भ्यालेटाइनको अवसर पारेर उनले जेलबाट चिठी लेखेका थिए । अहिले नारी दिवसको अवसर पारेर चिठी पठाएका हुन् ।

पछिल्लो केही वर्षदेखि सुकेश २०० करोड भारु ठगिको आरोपमा जेलमा छन् । उनीसँग सम्बन्ध बनाएका कारण ज्याकलिन पनि प्रहरी अनुसन्धानमा तानिएकी थिइन् । तर सुकेशले जेलबाटै चिठी लेखेर ज्याकलिनलाई तनाव दिइरहेका छन् । पछिल्लो चिठीमा उनले ज्याकलिनलाई भेट्न आतुर रहेको लेखेको छन् ।

सो चिठी उनले ज्याकलिनलाई ‘बेबी’ भनेर सम्बोधन गरेका छन् भने अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामनासमेत दिएका छन् । साथै अभिनेतृका रुपमा जीवनमा आएकी एक महिला नै आफ्नो साहस र बल बनेको उनले चिठीमा खुलाएका छन् ।

केही समय अघि मुम्बईको ज्याकलिनको भवनमा आगलागी भएको घटनामा समेत उनले चिन्ता व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘त्यो खबरले मेरो मुटुको धड्कन नै रोकिएको थियो । तिमी ठीक रहेछौं, भगवानलाई धन्यवाद दिन्छु ।’

चिठीमा सुकेशले ज्याकलिनलाई संसारकै सुन्दर महिलाका रुपमा चित्रण गरेका छन् । उनले अगाडि लेखेका छन्, ‘यस पृथ्वीको सबैभन्दा सुन्दर महिला तिमी हो । तिम्रो अनुहारले मात्र होइन, व्यक्तिकारुपले पनि सुन्दर छौं ।’

जेलमै सुकेशले ज्याकलिनका लागि नारी दिवस मनाइरहेको बताएका छन् । उनले अगाडि लेखेका छन्, ‘बेबी, तिमी सुन्दर महिलाहरूको सबैभन्दा ठूलो उदाहरण हौ, त्यसैले म तिम्रो लागि यो अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदैछु। सबै प्रकारका नकारात्मकताहरू र अवरोधहरू बीच युद्ध लडिरहेका महिलाहरूका लागि तिमी उत्कृष्ट उदाहरणका रुपमा छौं ।’

साथै उनले ज्याकलिनलाई भेट्न र उनी अभिनित गीत सुन्न उत्सुक रहेकोसमेत बताएका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ८ : २३ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार