जेलबाट सुकेशले फेरि ज्याकलिनलाई लेखे चिठी « Khabarhub

जेलबाट सुकेशले फेरि ज्याकलिनलाई लेखे चिठी


२५ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


31.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतका कुख्यात ठग सुकेश चन्द्रशेखर बलिउड नायिका ज्याकलिन फर्नान्डेजलाई फेरि चिठी लेखेका छन् । पछिल्लो समय भ्यालेटाइनको अवसर पारेर उनले जेलबाट चिठी लेखेका थिए । अहिले नारी दिवसको अवसर पारेर चिठी पठाएका हुन् ।

पछिल्लो केही वर्षदेखि सुकेश २०० करोड भारु ठगिको आरोपमा जेलमा छन् । उनीसँग सम्बन्ध बनाएका कारण ज्याकलिन पनि प्रहरी अनुसन्धानमा तानिएकी थिइन् । तर सुकेशले जेलबाटै चिठी लेखेर ज्याकलिनलाई तनाव दिइरहेका छन् । पछिल्लो चिठीमा उनले ज्याकलिनलाई भेट्न आतुर रहेको लेखेको छन् ।

सो चिठी उनले ज्याकलिनलाई ‘बेबी’ भनेर सम्बोधन गरेका छन् भने अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामनासमेत दिएका छन् । साथै अभिनेतृका रुपमा जीवनमा आएकी एक महिला नै आफ्नो साहस र बल बनेको उनले चिठीमा खुलाएका छन् ।

केही समय अघि मुम्बईको ज्याकलिनको भवनमा आगलागी भएको घटनामा समेत उनले चिन्ता व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘त्यो खबरले मेरो मुटुको धड्कन नै रोकिएको थियो । तिमी ठीक रहेछौं, भगवानलाई धन्यवाद दिन्छु ।’

चिठीमा सुकेशले ज्याकलिनलाई संसारकै सुन्दर महिलाका रुपमा चित्रण गरेका छन् । उनले अगाडि लेखेका छन्, ‘यस पृथ्वीको सबैभन्दा सुन्दर महिला तिमी हो । तिम्रो अनुहारले मात्र होइन, व्यक्तिकारुपले पनि सुन्दर छौं ।’

जेलमै सुकेशले ज्याकलिनका लागि नारी दिवस मनाइरहेको बताएका छन् । उनले अगाडि लेखेका छन्, ‘बेबी, तिमी सुन्दर महिलाहरूको सबैभन्दा ठूलो उदाहरण हौ, त्यसैले म तिम्रो लागि यो अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदैछु। सबै प्रकारका नकारात्मकताहरू र अवरोधहरू बीच युद्ध लडिरहेका महिलाहरूका लागि तिमी उत्कृष्ट उदाहरणका रुपमा छौं ।’

साथै उनले ज्याकलिनलाई भेट्न र उनी अभिनित गीत सुन्न उत्सुक रहेकोसमेत बताएका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ८ : २३ बजे

‘सरकारको स्वेच्छाचारी शैली स्वीकार्य छैन, पत्रकार पक्राउ प्रकरणमा वक्तव्य होइन परिणाम चाहिन्छ’

काठमाडाैँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि

बडीमालिकामा सम्पर्कविहीन युवक मृत फेला

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा सम्पर्कविहीन भएका एक

कपिलवस्तुमा हवाइ फायर गरेर लागूऔषधसहित दुई जना पक्राउ

कपिलवस्तु – जिल्लाको बाणगंगा नगरपालिका–३ राजापानी क्षेत्रमा प्रहरीले २ राउन्ड

विद्यालय शिक्षा विधेयक बहसः निःशुल्क र गुणस्तरीय शिक्षा सुनिश्चिततामा जोड

काठमाडौं– संविधानले प्रत्याभूत गरेको निःशुल्क र गुणस्तरीय शिक्षाको अधिकारलाई सुनिश्चित

भारतमा फेरि प्रदर्शन

काठमाडौं- मतदाता नामावलीमा संशोधनसँग सम्बन्धित विषयलाई लिएर भारतका प्रमुख निर्वाचन