कोशी ट्रफी : सुदूरपश्चिम र आर्मी विजयी « Khabarhub

कोशी ट्रफी : सुदूरपश्चिम र आर्मी विजयी


२५ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

विराटनगर – मोरङ क्रिकेट सङ्घको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी नेशनल टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम र आर्मी विजयी भएका छन् ।

विराटनगरको बैजनाथपुर क्रिकेट रङ्गशालामा आज भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले विभागीय टोली नेपाल पुलिसलाई ५२ रनले पराजित गरेको छ । जितसँगै सुदूरपश्चिम तीन खेलमा दुईमा जित र एकमा पराजित हुँदै चार अङ्कको साथ दोस्रो स्थानमा उक्लिएको छ ।

टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले नारायण जोशीको विस्फोटन ब्याटिङमा निर्धारित २० ओभरमा आठ विकेट गुमाई एक सय ८३ रनको विशाल स्कोर खडा गरेको थियो । सुदूपश्चिमका लागि अविशेक पालले ३९ बलमा दुई छक्का र सात चौका प्रहार गरी ५८ रन बनाउँदा प्लेयर अफ द म्याच नारायण जोशीले १२ बलमा छ छक्का प्रहार गरी ४० रन र किरण ठगुन्नाले ३० रनको योगदान दिए ।

पुलिसका शरद भेश्वाकरले चार ओभरमा एक मेडन राख्दै तीन विकेट लिँदा मन्जित श्रेष्ठले दुई विकेट लिए । जवाफमा एक सय ८४ रनको विशाल लक्ष्य पाएको पुलिसले निर्धारित २० ओभरमा छ विकेट गुमाई एक सय ३१ रन मात्र बनाउन सक्यो । पुलिसका शङ्कर राना ९१ रनमा अविजित रहे । रानाले ६२ बलमा पाँच छक्का र नौ चौका प्रहार गरेका थिए । त्यस्तै अविशेक कार्कीले २० बनाए । सुदूरपश्चिमका दीपक चन्द र शेर मल्लले पनि दुई विकेट र नारायण जोशीले एक विकेट लिए ।

आजै भएको अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मीले कर्णाली प्रदेशलाई आठ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाई एक सय ४० रनको योगफल तयार पारेको थियो ।

आर्मीका प्लेयर अफ द म्याच वसिर अहमदले ३८ बलमा दुई छक्का र दुई चौका प्रहार गरी ४२ रन बनाउदा सन्दीप रजालीले अविजित ४१ रन र सन्तोष कार्कीले ३४ रनको योगदान दिए । कर्णलीका प्रकाश जैशीले दुई विकेट लिँदा दिनेश अधिकारी र दीपेन्द्र रावतले एकरएक विकेट लिए ।

एक सय ४१ को लक्ष्य पछ्याएको कर्णालीले निर्धारित ओभरमा छ विकेट गुमाई एक सय ३२ रन मात्र जोड्न सक्यो । कर्णालीका लागि दीपेन्द्र रावतले नटआउट ४७ रन बनाउँदा रवीन्द्र शाहीले २२ रन र विपीन रावतले १८ रनको योगदान दिए । आर्मीका नितेश पटेलले दुई विकेट लिँदा तीर्थराज दास, पवन कार्की, शहाव अलाम वसिर अहमदले एकरएक विकेट लिए ।

शनिबारको पहिलो खेल कर्णाली र एपिएफ र तथा दोस्रो खेल वागमती र लुम्बिनीबीच खेल हुने मोरङ क्रिकेट सङ्घका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ८ : ३३ बजे

आज २०८३ साल भदौ ९ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ९ गते मंगलबार सन् २०२६

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा