सवारी दुर्घटनामा एक जनाको मृत्यु « Khabarhub

सवारी दुर्घटनामा एक जनाको मृत्यु


२५ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवनमा भएको सवारी दुर्घटनामा वीरगन्जका एक पुरुषको मृत्यु भएको छ।मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ४० बर्षिय अमरदेव महतो रहेका छन्।

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ७ प्रेमबस्तीस्थित सडकमा बिहीबार राति पौने १२ बजेतिर नम्बर नखुलेको बोलेरो गाडीले ना १७ प ७३१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक महतोको मृत्यु भएको हो।

वीरगन्ज–३ छपकैयाका स्थानीबासी महतो भरतपुरको प्रेमबस्तीमा डेरा गरी बस्दै आएका थिए।उनले घर बनाउने मिस्रीको काम गर्ने गर्थे।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान डेढ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। ठक्कर दिने सवारी साधनको खोजी भइरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ९ : १६ बजे

जेन-जी प्रदर्शनकारीमाथिको मुद्दा फिर्ता लिन प्रतिवेदन गृहमन्त्रालय पठाइने

काठमाडौं– सरकारले जेन-जी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन

झलनाथ खनालले अघि सारेको १५ बुँदे विशेष प्रस्तावमा के छ ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालको अगुवाइमा सुरु भएको ‘समाजवादी जागरण

बबरमहलमा आकाशे पुल जडान, भर्‍याङ राखेपछि सञ्चालनमा आउने (तस्बिरहरू)

काठमाडौं– माइतीघर–नयाँ बानेश्वर सडकखण्डअन्तर्गत बबरमहलमा पैदलयात्रीका लागि आकाशे पुल बनाइँदै

औद्योगिक क्षेत्रका लागि यथाशीघ्र जग्गा उपलब्ध गराउन आग्रह

काठमाडौं– उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले

झलनाथ अब नेकपामा सक्रिय नहुने, समाजवादी जागरण अभियान सञ्चालन गर्ने

काठमाडौं- वामपन्थी नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले छुट्टै अभियान सञ्चालन