सवारी दुर्घटनामा एक जनाको मृत्यु « Khabarhub

सवारी दुर्घटनामा एक जनाको मृत्यु


२५ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवनमा भएको सवारी दुर्घटनामा वीरगन्जका एक पुरुषको मृत्यु भएको छ।मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ४० बर्षिय अमरदेव महतो रहेका छन्।

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ७ प्रेमबस्तीस्थित सडकमा बिहीबार राति पौने १२ बजेतिर नम्बर नखुलेको बोलेरो गाडीले ना १७ प ७३१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक महतोको मृत्यु भएको हो।

वीरगन्ज–३ छपकैयाका स्थानीबासी महतो भरतपुरको प्रेमबस्तीमा डेरा गरी बस्दै आएका थिए।उनले घर बनाउने मिस्रीको काम गर्ने गर्थे।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान डेढ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। ठक्कर दिने सवारी साधनको खोजी भइरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ९ : १६ बजे

कास्कीमा २६ वर्षदेखि ७० वर्षसम्मका उम्मेदवार

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा

देशको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुँदा काठमाडौंको आकाश धुम्म (तस्बिरहरू)

काठमाडौं– नेपालमा न्यून चापिय प्रणालीको प्रभाव रहको हुनाले काठमाडौं उपत्यका

वन कार्यालय भोजपुरद्वारा काठ बरामद

भोजपुर– डिभिजन वन कार्यालय भोजपुरले अवैध रूपमा काटिएका खयरको काठ

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

इटहरी– इटहरी उपमहानगरपालिकाको आयोजनामा आइतबारदेखि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार चुनावी मैदानमा

महेन्द्रनगर– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट दुई जना स्वतन्त्रसहित