आज २०८० साल चैत २६ गते सोमबारको राशिफल « Khabarhub

आज २०८० साल चैत २६ गते सोमबारको राशिफल


२६ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौ – आज २०८० साल चैत २६ गते सोमबार तदनुसार सन् २०२४ अप्रिल ८ तारिख। चैत कृष्ण पक्षको औंसी तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : विवेक पुर्याएर बोल्नुपर्ने छ। माया गरेको धन प्राप्त हुनेछ। शेयर कारोबारमा फाइदा हुनेछ। साथीले सहयोग गर्नेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : साथीसँगको भेटले मन खुशी हुनेछ। वैदेशिक लगानीबाट सन्तोष मिल्नेछ। सामाजिक क्षेत्रमा प्रशंसा हुनसक्छ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : बन्धुबाट सहयोग मिल्नेछ। साथीसँग रमाइलो गर्ने दिन हो। कर्म बलियो रहेकाले लगानी बढाउनु पर्नेछ। बौद्धिक व्यक्तिसँग संगत हुनेछ। परिवारमा भने कुरा नमिल्ने जोखिम हुनसक्छ।

कर्कट : वैदेशी क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परीक्षाको नतिजा राम्रो प्राप्त हुनेछ। आर्थिक लगानीमा ठुलो काम नगर्नु राम्रो हुन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : बोल्दा विशेष ख्याल गर्नुपर्ने दिन छ। कर्मको प्रभावले सबैले प्रशंसा गर्नेछन्। न्यायपूर्वक गरेको लगानीको क्षेत्रबाट उन्नति हुनेछ। शिक्षामा सफलता मिल्नेछ।

कन्या : आफन्तसँग रमाइलो भेट हुनेछ। स्वास्थ्यमा लाभ हुनेछ। हिम्मत गरेमा लगानीको क्षेत्रमा फाइदा हुनेछ। धार्मिक क्षेत्रका अगुवासँगको भेटले मनमा उत्साह थपिनेछ। हरेक कार्यमा परिवारको सहयोग मिल्नेछ।

तुला : यात्रा सुखद् बन्नेछ। शिक्षाको लगानीबाट फाइदा हुनेछ। सामाजिक सेवा गर्ने योग छ। परिवारको साथ र सहयोग रहनेछ। व्यवहार गर्दा भने सचेत हुनुपर्ने देखिन्छ।

वृश्चिक : नयाँ कामको थालनी हुनेछ। बोलीमा ख्याल गर्नुपर्ने देखिन्छ। घरमा अतिथिलाई स्वागत गर्न अवसर मिल्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट लाभ हुनेछ। परिवारको साथ र सहयोग राम्रो छ।

धनु : महत्त्वपूर्ण सामान हराउने जोखिम भएकाले काम गर्दा सचेत हुनुपर्ने दिन छ। परिवार र प्रेम सम्बन्धमा मनमुटाव हुनसक्छ। व्यवहार गर्दा सचेत हुनुपर्ने दिन छ।

मकर : आर्थिक क्षेत्रमा राम्रो प्रगति हुनेछ। कर्म क्षेत्रमा मेहनत आवश्यक देखिन्छ। आर्थिक र सामाजिक क्षेत्रका लागि समय अब्बल छ। परिवारको साथ र सहयोग रहनेछ।

कुम्भ : राजनीतिमा सफलता मिल्नेछ। नयाँ कामको सुरुवात हुने दिन छ। इमान्दारिता नगुमाउनु राम्रो हुनेछ। परिवार सकारात्मक छन्।

मीन : व्यापारमा लाभ हुनेछ। लगानीका अवसरहरु खुल्दै जानेछन्। परिवारको साथ र सहयोग रहन्छ। अवसर आउँछ भनेर चुप बस्ने होइन कर्म क्षेत्रमा सक्रिय भएर लाग्नुपर्ने दिन हो।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ५ : १७ बजे

भाइरल म्यानद्वय रतन र मीनविरुद्ध साइबर व्यूरोमा जाहेरी

काठमाडौं- पछिल्लो समय विवादित अभिव्यक्ति दिएर भाइरल भइरहने युट्युबर रतन

राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीलाकुमारी निर्विरोध

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारी निर्विरोध भएकी

पर्वतमा गहुँबालीको प्रजनन बीउ उत्पादन गरिँदै

पर्वत– पर्वतमा यस वर्ष देखि गहुँबालीको प्रजजन बीउका लागि गहुँखेती

अरनिको राजमार्ग : धुलिखेल–खावा सडकमा कालोपत्रे सुरु

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा आजदेखि कालोपत्रे गर्ने

शंकर अग्रवाल छुट्दा छोरा शुलभलाई थपियो ५ दिन म्याद

काठमाडौं- सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी शुलभ अग्रवाललाई हिरासतमा