लिभरपुल र म्यानचेस्टर युनाइटेड बराबरीमा « Khabarhub

लिभरपुल र म्यानचेस्टर युनाइटेड बराबरीमा


२६ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानचेस्टर युनाइटेडले बराबरी खेलेका छन् ।

गएराति भएको खेलमा दुवै टोलीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । लिभरपुलले आफ्नो अग्रता जोगाउन नसक्दा शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ ।

लिभरपुलका लुइस डियाज र मोहम्मद शालाह तथा म्यानचेस्ट युनाइटेडका ब्रुनो फर्नान्डेज र कोबी माइनाले एक–एक गोल गरेका थिए ।

खेलको २३औँ मिनेटमा लुइस डियाजले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर खेलको ५०औँ मिनेटमा ब्रुनो र ६७औँ मिनेटमा कोबीले गोल गर्दै म्यानचेस्टरलाई २–१ गोलको अग्रता दिलाए ।

त्यसपछि खेल सकिन ६ मिनेट बाँकी छँदा लिभरपुलका शालाहले टोलीलाई हारबाट जोगाउँदै २–२ को बराबरीमा ल्याए ।

यो बराबरीसँगै ३१ खेलबाट ७१ अङ्कसहित लिभरपुल दोस्रो स्थानमा रहेको छ । सामान अङ्क रहेको आर्सनल गोल अन्तरको आधारमा शीर्ष स्थानमा छ । म्यानचेस्टर युनाइटेड ४९ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ६ : ५९ बजे

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड

सरकारी सफ्टवेयर प्रणाली सुधारका लागि प्राविधिक विज्ञ माग, कात्तिक १८ सम्म आवेदन दिन सकिने

काठमाडौँ – नेपाल सरकारका निकायहरूका लागि आवश्यक सफ्टवेयर प्रणालीको विकास,

‘सिचाङबाट नेपालले सांस्कृतिक सम्पदाको संरक्षणदेखि आधुनिक विकासम्म सिक्न सक्छ’

काठमाडौं– पूर्वउपसभामुख एवं सांसद इन्दिरा रानामगरले चीनको सिचाङबाट नेपालले सम्पदा संरक्षण,