शल्यक्रिया गरेर चुँडिएको हात तथा औंला जोड्न सकिन्छ | Khabarhub Khabarhub

शल्यक्रिया गरेर चुँडिएको हात तथा औंला जोड्न सकिन्छ


२६ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हाम्रो शरीरका विभिन्न अंगका आफ्ना आफ्नै विशेषता छन्। विभिन्न अंगले गर्ने काम पनि फरकफरक छन्। हात महत्त्वपूर्ण अंग हो। धेरैजसो मानिसले हातको घाउ वा चोटपटकलाई बेवास्ता गर्ने गरेको पाइन्छ। यसरी हातको चोटपटकलाई बेवास्ता गर्दा भविष्यमा धेरै समस्या आउने चिकित्सक बताउँछन्। सामान्य चोटपटक लाग्दा शल्यक्रियाको आवश्यकता पर्दैन। तर दुर्घटनामा परेर हात तथा औँला चुडिए शल्यक्रिया मार्फत नै त्यसको उपचार गर्नुपर्ने हुन्छ। नेपालमा ह्याण्ड सर्जरी अर्थात् हातको शल्यक्रिया सम्बन्धी सेवा उपलब्ध रहेको चिकित्सकको भनाइ छ। ह्याण्ड सर्जरी भन्नाले के बुझिन्छ ? हातको कस्तो समस्यामा सर्जरीको आवश्यकता पर्छ ? नेपालमा यो कत्तिको प्रभावकारी भइरहेको छ ? भन्ने विषयमा अर्थोपेडिक एण्ड ह्याण्ड सर्जन डा. लोकराज चौरसियासँग गरिएको कुराकानी :

ह्याण्ड सर्जरी भन्नाले के बुझिन्छ ? नेपालमा यसको सुरुवात कहिलेबाट भयो ?
हातको कुनै पनि चोटपटक सर्जिकल तथा थेरापी पद्धतिबाट उपचार गर्नुलाई ह्याण्ड सर्जरी भनेर बुझिन्छ। बिगतमा अर्थोपेडिक सर्जन र प्लास्ट्रिक सर्जनले नै हातको सर्जरी गर्ने गरेका थिए। उनीहरुले हातको भाँचिएको भागमा मात्रै उपचार गर्थे। जुन त्यत्ति प्रभावकारी हुँदैन थियो। तर पछिल्लो समय ह्याण्ड सर्जन एक छुट्टै विशेषज्ञ जनशक्तिको रुपमा विकास भएका छन्। जुन प्रभावकारी भइरहेको छ। विकसित मुलुकमा धेरै समय अगाडिदेखि सुरु भए पनि नेपालमा भने सन् २००४ देखि छुट्टै ह्याण्ड सर्जरीको सुरुवात भएको मानिन्छ।

पछिल्लो समय ह्याण्ड सर्जन एक छुट्टै विशेषज्ञ जनशक्तिको रुपमा विकास भएका छन्। जुन प्रभावकारी भइरहेको छ। अन्य विकसित मुलुकमा धेरै समय अगाडिदेखि सुरु भए पनि नेपालमा भने सन् २००४ देखि छुट्टै ह्याण्ड सर्जरीको सुरुवात भएको मानिन्छ।

ह्याण्ड सर्जरीबारे कमै व्यक्ति मात्र जानकार हुनुको कारण के हो ?
ह्याण्ड सर्जरी धेरै आवश्यकता हुन्छ। तर यसको महत्त्व धेरैले नबुझेर पनि नेपालमा यससम्बन्धी जानकार थोरै छन्। अर्को कुरा हातको समस्या हातले कठिन काम गर्नेहरुमा हुन्छ। उनीहरुसँग आयश्रोतको कमी हुन्छ। धेरै जनाले काम गर्दागर्दै औंला चुडियो वा छुट्टियो भने औंला जोड्न भन्दा पनि छोट्याएर त्यत्तिमै बन्द गर्न लगाउँछन्। तर सर्जरीमार्फत काटिएको औँला पनि जोड्न मिल्छ। यससम्बन्धी कसैले चाँसो नदिँदा पनि यसको महत्त्व कम भएको हो।

ह्याण्ड सर्जरीको उपचार कत्तिको खर्चिलो छ ?
ह्याण्ड सर्जरी आफैँमा धेरै जटिल खालको शल्यक्रिया हो। शल्यक्रियामा लाग्ने खर्च बिरामीको अवस्था हेरेर पनि हुन्छ। लामो समयसम्म यसको उपचार र फलोअप गर्नुपर्ने भएकाले यो अलि खर्चिलो छ।

हातको कस्तो समस्यामा सर्जरीको आवश्यकता पर्छ ?
सामान्य समस्या जस्तै नङ बाङ्गो भएको छ भने सिधा बनाउन सकिन्छ। केही काम गर्दा औंलाको टुप्पा काटिएमा औंलालाई छोटो नपारी सर्जरी मार्फत जोड्न सकिन्छ। कसैको जन्मजात औंला जेडिएको र बाङ्गो छ भने पनि सर्जरी मार्फत सामान्य बनाउन सकिन्छ। त्यस्तै हातको बाहिरी तथा भित्री चोट जस्तै कुनै दुर्घटनामा हात चुँडिएको छ भने सर्जरीको आवश्यकता हुन्छ।

ह्याण्ड सर्जरी आफैँमा धेरै जटिल खालको शल्यक्रिया हो। शल्यक्रियामा लाग्ने खर्च बिरामीको अवस्था हेरेर पनि हुन्छ। लामो समयसम्म यसको उपचार र फलोअप गर्नुपर्ने भएकाले यो अलि खर्चिलो छ।

नेपालमा कस्ता कस्ता समस्या लिएर बिरामी आउने गरेका छन् ?
ह्याण्ड सर्जरीबारे नेपालमा अझै पनि धेरैलाई जानकारी नभएकाले सिधै हामीकहाँ बिरामीहरु आउँदैनन्। रेफरल केशहरु आउने गरेका छन्। बुढीऔंला बनाउनुपर्ने, हातहरु नचल्ने समस्या, औंलाको टुप्पाहरु काटिएका केशहरु बढी आउने गरेका छन्।

ह्याण्ड सर्जरीबारे आम मानिसले के बुझ्नु जरुरी छ ?
हात भनेको मानिसको एकदमै महत्त्वपूर्ण अंग हो। जुनसुकै काम पनि हात बिना प्राय सम्भव छैन। विभिन्न काम गर्दा हातमा चोटपटक लाग्नु आम समस्या हो। तर समस्या आइसकेपछि पनि सम्बन्धित चिकित्सककहाँ जानु राम्रो हुन्छ। बिगतमा जस्तो हातको समस्यामा नेपाल बाहिरै गएर उपचार गराउनुपर्ने अवस्था अहिले छैन। हातको सम्पूर्ण उपचार तथा सर्जरी नेपालमै उपलब्ध छ। त्यसैले हातको कुनै पनि समस्यामा लापरवाही नगरी उपचार गराउनुपर्छ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ७ : १७ बजे

भारत लोकसभा पाँचौ चरणको चुनाव आज : आठ राज्यका कति सिटमा हुन्छ मतदान ?

काठमाडौं – सात चरणमा हुन लागेको भारत लोकसभाको पाँचौ चरणको

आजको प्रतिनिधिसभा बैठकको कार्यसूची कस्तो छ ?

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

प्रधानमन्त्री दाहालले चौथो पटक विश्वासको मत लिँदै

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभामा विश्वासको मत लिने

केही भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

वर्षाले खेल अवरुद्ध हुँदा कोलकाता र राजस्थानको अंक बाँडियो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत समूह चरणको अन्तिम