दुलेगौँडा-लिलाचोक खण्ड कालोपत्र गरिँदै « Khabarhub

दुलेगौँडा-लिलाचोक खण्ड कालोपत्र गरिँदै


२६ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

दमौली– विश्व बैंकको सहयोगमा तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौँडा लामागाउँ मोटरमार्गअन्तर्गत दुलेगौँडा-लिलाचोक खण्ड कालोपत्रको तयारी गरिएको छ । नगरपालिकाको हालसम्मकै ठूलो आयोजनाअन्तर्गत रहेको उक्त खण्ड कालोपत्रका लागि निर्माण कम्पनीसँग नगरपालिकाले सम्झौता गरेको छ । 

विश्व बैंकको सहयोग र नेपाल सरकारको अनुदानमा सञ्चालित सहरी शासन र पूर्वाधार परियोजना (एनयुजिआइपी) अन्तर्गत उक्त मोटरमार्गको ७.१ किलोमिटर दूरी कालोपत्रका लागि बानियाँ निर्माण सेवा हेटौँडासँग सम्झौता गरिएको नगरपालिकाका इन्जिनियर तारापति भट्टराईले राससलाई जानकारी दिए। उनका अनुसार उक्त ठेक्काको रकम रु २७ करोड ३४ लाख ७९ हजार आठ सय ३४ रहेको छ । 

भट्टराईले भने, ‘१५ महिनाभित्र काम सम्पन्न गर्ने गरी सम्झौता भएको छ । नगरपालिकाले यो सडकलाई नगर गौरवको आयोजनाको रुपमा छनोट गरेको थियो ।’ उनका अनुसार शुक्लागण्डकी–४ दुलेगौँडाबाट सुरु हुने कालोपत्रले शुक्लागण्डकी-८, ९ र १२ वडालाई जोड्छ । 

उक्त खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र हुनेछ ।  दुलेगौँडास्थित बिपीचोक, हेल्थपोष्ट चोक, पुल्चोक, घारी, तालवेशी, मालेबगर हुँदै लिलाचोकसम्म कालोपत्र हुनेछ । सडकको चौडाइ दश मिटरको रहनेछ । यहाँ ५.५ मिटर कालोप, कालोपत्रको दुवै छेउमा एक-एक मिटरको नाला निर्माण हुने उहाँले जानकारी दिए ।

शुक्लागण्डकी–४ दुलेगौँडाबाट वडा नं १२ लामागाउँ मोटरमार्ग १४ किलोमिटर छ । कच्ची सडकका कारण हिउँदमा धुलाम्य र वर्षामा हिलाम्य हुँदा सर्वसाधारणलाई आवतजावतमा समस्या हुँदै आएको छ । 

सडक कालोपत्र भएपछि सहज रुपमा आवतजावत गर्न सकिने भन्दै समयमै काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गरिएको नगर उपप्रमुख खुमबहादुर विकले बताए । 

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  १ : ३३ बजे

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर

साउदी रक्षा मन्त्रालय, फहद र आब्हा विमानस्थल तथा आरामको तेल केन्द्रमा हमला गरेको हुथीको दाबी

काठमाडौं- यमनको विद्रोही समूह हुथीले साउदी अरेबियाका विभिन्न सामरिक महत्वका

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,

डण्डा दुर्घटना : मृतकका परिवारद्वारा निष्पक्ष अनुसन्धानको माग

कावासोती- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-१६ डण्डामा कारको