फिल्म ‘खजुरे ब्रो’ प्रिमियर (तस्बिरहरू) « Khabarhub

फिल्म ‘खजुरे ब्रो’ प्रिमियर (तस्बिरहरू)


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मोडल तथा पूर्व मिस इन्टरनेशनल नेपाल नीति शाहको डेब्यू फिल्म ‘खजुरे ब्रो’ को प्रिमियर शो सम्पन्न भएको छ । काठमाडौंको सुन्धारामा मंगलबार एक कार्यक्रम आयोजना गरी फिल्म प्रिमियर गरिएको हो ।

कार्यक्रममा नीति निकट मोडल र कलाकारको बाक्लो उपस्थिति थियो । अभिनेता दिव्य देव, हास्य कलाकार हिमेश पन्त र निर्देशक लक्ष्मण सुबेदीलगायत चलचित्रकर्मीले प्रिमियर शो हेरेका थिए ।

प्रिमियरपछि धेरैले नीतिको ‘स्क्रिन टाइम’ कम भएको प्रतिक्रिया दिएका छन् । अभिनेता रेयर राईको अभिनयले तारिफ पाएको छ ।

फिल्ममा नीति र रेयरसहित, महेश त्रिपाठी र नवीन मानन्धर शीर्ष भूमिकामा देखिएका छन् । फिल्मले धरानका अल्लारे केटाहरू र उनीहरूमा देखिएको पैसाको भोकको कथा पेश गरेको छ ।

वैशाख २८ बाट प्रदर्शनमा आउने यस फिल्मका निर्देशक सुरज सुनुवार हुन् । दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा निर्माण गरेको यस फिल्ममा कलाकार मानन्धर र निर्देशक सुनुवारको लगानी छ ।

सुनील श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सह–निर्माता हुन् ।

थप तस्बिरहरू:

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ७ : २६ बजे

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको