फिल्म ‘खजुरे ब्रो’ प्रिमियर (तस्बिरहरू) « Khabarhub

फिल्म ‘खजुरे ब्रो’ प्रिमियर (तस्बिरहरू)


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मोडल तथा पूर्व मिस इन्टरनेशनल नेपाल नीति शाहको डेब्यू फिल्म ‘खजुरे ब्रो’ को प्रिमियर शो सम्पन्न भएको छ । काठमाडौंको सुन्धारामा मंगलबार एक कार्यक्रम आयोजना गरी फिल्म प्रिमियर गरिएको हो ।

कार्यक्रममा नीति निकट मोडल र कलाकारको बाक्लो उपस्थिति थियो । अभिनेता दिव्य देव, हास्य कलाकार हिमेश पन्त र निर्देशक लक्ष्मण सुबेदीलगायत चलचित्रकर्मीले प्रिमियर शो हेरेका थिए ।

प्रिमियरपछि धेरैले नीतिको ‘स्क्रिन टाइम’ कम भएको प्रतिक्रिया दिएका छन् । अभिनेता रेयर राईको अभिनयले तारिफ पाएको छ ।

फिल्ममा नीति र रेयरसहित, महेश त्रिपाठी र नवीन मानन्धर शीर्ष भूमिकामा देखिएका छन् । फिल्मले धरानका अल्लारे केटाहरू र उनीहरूमा देखिएको पैसाको भोकको कथा पेश गरेको छ ।

वैशाख २८ बाट प्रदर्शनमा आउने यस फिल्मका निर्देशक सुरज सुनुवार हुन् । दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा निर्माण गरेको यस फिल्ममा कलाकार मानन्धर र निर्देशक सुनुवारको लगानी छ ।

सुनील श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सह–निर्माता हुन् ।

थप तस्बिरहरू:

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ७ : २६ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६