के आँखा अल्छी हुन्छ ? | Khabarhub Khabarhub

के आँखा अल्छी हुन्छ ?


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


816
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आँखा हाम्रो महत्त्वपूर्ण अंग हो। यदि आँखाले नै राम्रो काम गर्न सकेन भने व्यक्तिको समग्र जीवनमा प्रभाव पार्छ। त्यसैले विशेष गरेर बालबालिकाको आँखाको दृष्टि ठिक छ कि छैन भनेर समय समयमा जाँच गर्नुपर्छ। आफ्ना नानीलाई स्कुल पठाउनु अगाडि उनीहरुको आँखाको जाँच गर्नु अनिवार्य हुन्छ। समयमा नै आँखाको समस्या थाहा पाएमा उपचार गर्न सजिलो हुने चिकित्सक बताउँछन्। अल्छी आँखा र कमजोर दृष्टि भएका बालबालिकाको समयमा उपचार भएन भने भविष्य नै अन्धकार हुनसक्छ। बालबालिकाको आँखामा देखिने प्रमुख समस्या मध्य अल्छी आँखा पनि एक हो। चिकित्सकका अनुसार अनुमानित जनसंख्याको १ देखि ५ प्रतिशतमा यो समस्या देखा पर्दछ। कस्तो आँखालाई अल्छी आँखा भनिन्छ ? के कारणले हुन्छ अल्छी आँखा ? अल्छी आँखाका लक्षण के के हुन् ? अल्छी आँखा हुनबाट बच्नका लागि के कुरामा ध्यान दिनु आवश्यक छ ? यिनै विषयमा केन्द्रित भएर आँखारोग विशेषज्ञ डा. अविनाश कुमार अमरसँग गरिएको कुराकानीः

कस्तो आँखालाई अल्छी आँखा भनिन्छ ?
अल्छी आँखा यस्तो अवस्था हो जसमा आँखामा कुनै किसिमको रोग नभएता पनि दृष्टिको क्षमता कम हुन्छ। दृष्टिको क्षमता जति हुनुपर्ने हो त्यत्ति हुँदैन। त्यस्तो अवस्थाको आँखालाई अल्छी आँखा भनिन्छ।

के कारणले हुन्छ अल्छी आँखा ?
हाम्रा दुई वटा आँखाले क्यामेराको काम गर्छन्। बाहिरका फोटोहरु खिचेर मस्तिष्कमा पठाएपछि काम भने मस्तिष्कले नै गर्ने हो। कसैको सानैमा आँखा कमजोर हुन्छ। त्यस्ता आँखाको समयमै चेकजाँच भएन, चस्मा लगाइएन भने विस्तारै आँखाको दृष्टी कम हुँदै जान्छ। यो एउटा कारण हो भने जन्मिदै डेढो आँखा हुनुलाई यसको अर्को कारण मानिएको छ।

पहिले पहिले ८ वर्ष १२ वर्ष कटिसकेपछि यसको उपचार हुँदैन भनिन्थ्यो। तर पछिल्लो समय नयाँ प्रविधिमार्फत जुनसुकै उमेरमा पनि अल्छी आँखाको उपचार गर्न सकिन्छ ।

अल्छी आँखाका लक्षण के के हुन् ?
टाढाको कुरा राम्रोसँग नदेखिने, आँखा टेढो हुने, कहिलेकाहीँ उल्टी हुने जस्ता लक्षण देखिन्छन्। तर सबै डेढो आँखा अल्छी आँखा हो भन्ने चाहिँ होइन। प्रायजसो केशमा अल्छी आँखाबाट डेढो आँखा हुने हो।

अल्छी आँखाको उपचार सम्भव छ ?
पहिले पहिले ८ वर्ष १२ वर्ष कटिसकेपछि यसको उपचार हुँदैन भनिन्थ्यो। तर पछिल्लो समय नयाँ प्रविधिमार्फत यसको उपचार हुने गरेको छ। राम्रो आँखालाई बन्द गर्न लाएर अल्छी आँखालाई कम्युटर प्रविधिमार्फत त्यसको भिजन कति छ भनेर हेर्न लगाइन्छ। त्यो हेरेर सोही अनुसार जुनसुकै उमेरमा पनि उपचार गर्ने गरिन्छ।

बालबालिकामा एकदमै राम्रो परिणाम आउँछ। ४० वर्ष सम्मको मानिसमा पनि अहिले उपचार गर्ने गरिएको छ। उपचारका रुपमा चस्मा नियमित प्रयोग गर्ने, साथसाथै प्याच थेरापी पनि डाक्टरको सल्लाह बमोजिम प्रयोग गरेमा अल्छी आँखाको सुधार हुनसक्छ। प्याचिङ्ग थेरापी एक प्रभावकारी उपचार हो। डाक्टरको साथसाथै अभिभावकको पनि महत्त्वपूर्ण भूमिका हुन्छ। अभिभावकले प्याचिङ्ग लगाउने तरिका र समय राम्रो सँग बुझेर प्रयोग गरेमा बच्चाको आँखाको रोशनी सदाको लागि कम हुन बाट बचाउन सकिन्छ।

यस्तो समस्या लिएर कत्तिको बिरामी आउने गरेका छन् ?
अल्छी आँखा पहिले पनि नहुने होइन। तर यस्तो आँखाको पनि उपचार हुन्छ भन्ने धेरैलाई थाहा थिएन। अहिले प्रविधिको विकास सँगसँगै विभिन्न माध्यमबाट यसबारे सचेतना भएर धेरै बिरामी आउने गरेका छन्।

पछिल्लो समय बालबालिकामा मोबाइल हेर्ने प्रवृत्ति बढ्दो छ, यसले अल्छी आँखा हुने हो ?
मोबाइलका कारणले अल्छी आँखा भन्दा पनि अटिजम तिर अलि बढी फोकस गरेको छ। मोबाइलले आँखा सुख्खा हुने हुन्छ। मोबाइलका कारण आँखा र मष्तिष्कबिचको सम्बन्ध विकासमा बाधा पुर्याउने काम गर्छ।

मोबाइलकै कारण आँखामा असर गरेर उपचारका लागि आउने बालबालिकाको संख्या कस्तो छ ?
सुरुवाती अवस्थामै उपचारका लागि आउने बालबालिकाको संख्या एकदमै कम छ। आँखाको दृष्टिमै समस्या आइसकेपछि मात्रै उपचारका लागि आउँछन्। जुन समस्यालाई मायोपिया भनिन्छ। मायोपियाको समस्या अहिले नेपालको मात्रै नभएर विश्वव्यापी समस्याका रुपमा देखा परेको छ।

बालबालिकालाई विद्यालयमा भर्ना गर्नु अघि नै आँखाको जाँच गर्नुपर्छ । हरेक व्यक्तिले ६ महिनादेखि एक वर्षमा कम्तिमा एक पटक आँखा जाँच अनिवार्य रुपमा गरेमा अल्छी आँखा जोगाउन सकिन्छ।

मायोपिया भनेको कस्तो समस्या हो ?
हामीले अपोजिट हेर्दाखेरी रेटीनामा गएर लाइट फोकस हुनुपर्ने हुन्छ। तर त्यो रेटिना भन्दा अगाडि नै भइदिन्छ। यस्तो हुँदा ६ महिना १ वर्षमा आँखाको पावर बढाइराख्नुपर्ने हुन्छ। त्यसलाई मायोपिया भनिन्छ।

अल्छी आँखाको समयमै उपचार गरिएन भने पछि गएर के कस्ता समस्या निम्तिने सम्भावना रहन्छ ?
समयमै उपचार गरिएन भने एउटा त डेढो आँखा हुन्छ। आँखाको दृष्टि कमजोर हुँदै पूर्ण रुपमा ज्योति गुम्ने सम्भावना रहन्छ।

अल्छी आँखा हुनबाट बच्नका लागि के कुरामा ध्यान दिनु आवश्यक छ ?
बालबालिकालाई विद्यालयमा भर्ना गर्नु अघि नै आँखाको जाँच गर्ने र यदि समस्या छ भने समयमै उपचार गर्दा पूर्ण रुपमा निको पनि पार्न सकिन्छ। त्यस्तै हरेक व्यक्तिले ६ महिनादेखि एक वर्षमा कम्तिमा एक पटक आँखा जाँच अनिवार्य रुपमा गरेमा अल्छी आँखा जोगाउन सकिन्छ। त्यस्तै अहिले प्रविधिको जमाना छ। हरेक काम गर्दा मोबाइल, कम्प्युटर चलाउनुपर्ने अवस्था छ। यस्तो अवस्थामा आँखाको सुरक्षाका लागि ट्वान्टी ट्वान्टी रुल भन्ने छ।

२० मिनेट मोबाइल या कम्प्युटर चलाउँदा २० सेकेण्डका लागि २० मिटर टाढा हेर्ने भन्ने छ। त्यो रुल अपनाउने, चस्माको प्रयोग गर्ने, हरियो सागपात खाने र आँखालाई सफा राख्ने यति गर्न सके केही हदसम्म आँखालाई जोगाउन सकिन्छ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ९ : ०६ बजे

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही