खोटाङका सामुदायिक विद्यालयमा जीवनोपयोगी शिक्षा अभियान « Khabarhub

खोटाङका सामुदायिक विद्यालयमा जीवनोपयोगी शिक्षा अभियान


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा ‘जीवनोपयोगी शिक्षा अभियान’ सुरु गरेको छ । पन्ध्र वडा रहेको यो नगरपालिकाले हरेक मङ्गलबार नगरपालिका क्षेत्रमा सञ्चालित सबै सामुदायिक विद्यालयमा अभियान सुरु गरेको हो । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित श्रीमाध्यमिक विद्यालयले यही वैशाख १८ गते मङ्गलबारदेखि जीवनोपयोगी शिक्षा अभियान सुरु गरे तापनि दिक्तेलको सरस्वती माविबाट वैशाख २५ गतेदेखि औपचारिक रूपमा अभियान सुरु भएको छ ।

मंगलबार  सरस्वती माविमा स्वास्थ्य शिक्षाका बारेमा स्वास्थ्यकर्मीले कक्षा लिएका दिक्तेल नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताए। पञ्च माविमा भवन सरसफाइ र जनजागृति माविमा कृषि गतिविधिका साथ अभियान सुरु गरिएको जानकारी उनले दिए। 

नगरपालिकाले शैक्षिक अभियन्ता सूर्यबहादुर राईको संयोजकत्वमा गठन गरेको शैक्षिक सुधार कार्यदलको सुझावका आधारमा हरेक सामुदायिक विद्यालयमा जीवनोपयोगी शिक्षा अभियान सुरु गरिएको जनाइएको छ । सामुदायिक विद्यालयको गुणस्तर उकास्न सोही कार्यदलले दिएको सुझावका आधारमा नगर कार्यपालिकाले हरेक मङ्गलबार विद्यार्थीलाई पाठ्यपुस्तकका अतिरिक्त परियोजना कार्य (प्रजेक्ट वर्क) गराउनेगरी अभियान लागू गर्ने निर्णय गरेको थियो । 

अभियानअन्तर्गत नगरपालिकाका सबै सामुदायिक विद्यालयले वार्षिक कार्ययोजना तयार पार्ने र सो कार्ययोजनामा ३० भन्दा बढी मंगलबार विद्यार्थीलाई व्यवस्थित तरिकाले परियोजना कार्य तयार गरेर कार्यान्वयन गराउने योजना रहेको संयोजक राईले बताउनुभयो । 

अभियानका क्रममा नगरपालिकाले हरेक महिनाको मङ्गलबार विद्यालयको परियोजना कार्यको उपलब्धि प्रदर्शन गराउने र प्रोत्साहन गर्ने जनाएको छ । नगरपालिकाले वैशाख १९ गते नगरका ९३ विद्यालयका प्रधानाध्यापक तथा शिक्षकलाई सहभागी गराएर विद्यालयको वार्षिक कार्ययोजना निर्माण कार्यशाला आयोजना गरेको थियो । 

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ९ : २५ बजे

अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस सप्ताहव्यापी रुपमा मनाइने

काठमाडौं– नेपाल आदिवासी जनजाति महासंघ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस सप्ताहव्यापी

भारतीय प्रधानसेनापति धिरज सेठ नेपाल भ्रमणमा आउँदै

काठमाडौं– भारतीय प्रधानसेनापति जनरल धिरज सेठ नेपाल भ्रमणमा आउने भएका

राष्ट्रियसभाको बैठक सुरु 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ । राष्ट्रियसभाको आजको

ग्यास पाउनु भएन, यो नम्बरमा फोन गर्नुस्

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवको सचिवालयले बजारमा

सुनसान पोखराको सहिद पार्क (तस्बिरहरू) 

पोखरा– आजभन्दा आठ वर्षअघिसम्म पोखराका मुख्य चोकमा फराकिलो ट्राफिक आइल्याण्ड थिए