कोशीमा नयाँ सरकार गठनका लागि एमाले र माओवादीले बढाए दबाब | Khabarhub Khabarhub

कोशीमा नयाँ सरकार गठनका लागि एमाले र माओवादीले बढाए दबाब


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

विराटनगर – काेशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गर्न मागसहित नेपका एमाले र नेकपा माओवादी केन्द्रका नेताहरू प्रदेश प्रमुख पर्शुराम खापुङकहाँ पुगेका छन् ।

बुधबार बिहान दुई दलबीचको छलफलपछि एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की, नेताहरू राम राना, रेवतीरमण भण्डारी, लीलाबल्लभ अधिकारी र माओवादी केन्द्रका नेताहरू इन्द्र आङ्बाे र जीवन आचार्यसहितकाे टाेलीले खापुङसँग परमार्श गरेको हो ।

प्रदेश प्रमुख खापुङसँग कुराकानीमा नेताहरूले नयाँ सरकार गठन प्रक्रिया थाल्न आग्रह गरेका छन् ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत नलिएपछि सम्भावित कदमबारे रणनीति बनाउन दुई दलले तयारी थालेका थिए ।

उनीहरूले प्रदेश प्रमुख खापुङसँग बुधबार दिउँसो २ बजे थप छलफल गरिने बताएका छन् । मुख्यमन्त्रीले विश्वासको मत नलिएकोबारे प्रदेश प्रमुख खापुङलाई प्रदेशसभामा जानकारी गराउनुपर्ने आग्रहसहित दुई दलका नेता जुटेका छन् ।

दुई दलका नेताहरूसँगको छलफलपछि कानुनी परामर्श लिएर प्रदेश प्रमुख खापुङले बुधबार नै नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गर्न सक्नेछन् । त्यसकै लागि अहिले खापुङ कानुनी र संवैधानिक परामर्शमा छन् ।

माओववादीले समर्थन फिर्ता लिएपछि कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत लिएका छैनन्। त्यहीकारण उनी स्वत: अल्पमतमा परिसकेकाले एमाले र माओवादी नयाँ सरकार बनाउन जुटेका हुन् ।

बुधबार नै कार्की नेतृत्वको प्रदेश सरकार मन्त्रिपरिषद्काे बैठक बसेको छ । उक्त बैठकमा यदि प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्यवान गरेमा चाल्न सक्ने रणतीतिबारे मुख्यमन्त्री कार्कीले क्याबिनटका सदस्यहरूसँग परामर्श गरेका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  १ : ५८ बजे

प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे संसदीय समितिमा छलफल हुने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको विषयमा संसदीय समितिमा

नेपाली यू–१९ महिला क्रिकेट टोली आज स्वदेश फर्कँदै 

काठमाडौं– नेपाली यू–१९ महिला क्रिकेट टोली आज स्वदेश फर्कँदैछ ।

वडाध्यक्षमा एमालेका काकासँग कांग्रेसबाट भतिजा भिड्दै

काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा हुन गइरहेको स्थानीय तहको उपनिर्वाचन

चिनियाँ महासङ्घको टोलीद्वारा भक्तपुर अवलोकन

भक्तपुर– प्रवासमा बसेर चीन फर्किएका प्रवासी चिनियाँ महासङ्घको प्रतिनिधिमण्डलले आज

राष्ट्रपति पौडेल र अजरबैजानका समकक्षीबीच भेटवार्ता

बाकु– राष्ट्रपति रामचन्द्र पौडेलले सबै विकसित मुलुकहरूलाई जलवायु परिवर्तनका असरहरू