रारा पुग्ने छोटो सडक स्तरोन्नति सुरु « Khabarhub

रारा पुग्ने छोटो सडक स्तरोन्नति सुरु


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

मुगु– रारा ताल जाने पर्यटकीय सडक विस्तार तथा स्तरोन्नतिको काम सुरु गरिएको छ । सडक डिभिजन कार्यालय जुम्लाको आर्थिक तथा प्राविधिक सहयोगमा छायाँनाथ रारा नगरपालिकाको तली तुम गाउँदेखि वडा नं ३ लामाचौरसम्मको सडक विस्तारको काम थालिएको हो ।

जिल्ला सदरमुकाम गमगढीबाट रारा पुग्न पैदल दुई घण्टा र गाडीमा रारा विमानस्थल हुँदै जाँदा ३० मिनेट लाग्छ । गमगढी लामाचौर दूरी छोटो हुने भएकाले सडक विस्तारको काम सुरु गरिएको सडक डिभिजन कार्यालयका इन्जिनियर वीरबहादुर जिटीले बताए ।

उनले भने, ‘रारा तालको पर्यटन विकासमा टेवा पुर्‍याउन यो सडक विस्तार र स्तरोन्नतिको काम अघि बढाइएको हो ।’ विनम्र निर्माण सेवा सुर्खेतले रु ५५ लाख चार हजार सात सय ७५ मा सडक विस्तारको ठेक्का लिएको छ ।

२०८१ असार मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख छ । पर्यटकीय मार्गको विस्तारको काम धमाधम भइरहेको छ । तीन किलोमिटर लम्बाइ रहेको उक्त पर्यटकीय सडकमा १.५ किलोमिटर दूरी चार मिटर चौडाइको ग्राभेल र चार सय ५० घनमिटर ग्याबिन जाली र २.५ किलोमिटर सडक चौडा पारिने सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

रारा पर्यटकीय मार्गको विस्तारको काम सम्पन्न भएमा गमगढीवासीका साथै कर्णाली करिडोर र कर्णाली राजमार्ग हुँदै मुगु जिल्ला सदरमुकाम गमगढी आउने आन्तरिक तथा बाह्य पर्यटकलाई राराताल पुग्न १० मिनेट मात्र लाग्ने छ ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  २ : ३० बजे

आबुँखैरेनीमा इभी माइक्रो दुर्घटना, छ जना घाइते

१६ माघ, दमौली (तनहुँ), । पृथ्वीराजमार्गअन्तर्गत आबुँखैरेनी गाउँपालिका–१ अन्तर्गत सत्र

डुबानबाट जोगाउन वीरगञ्ज महानगरको तीन वडामा नाला र ह्युमपाइप

वीरगञ्ज- वर्षात्का बेला पानीको उचित निकास नहुँदा डुबानको समस्या भोग्दै

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

गोरखा- अजिरकोट गाउँपालिका–३ भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

साफ यु–१९ महिला च्याम्पियनसिपको तयारी पूरा

कास्की – पोखरा रङ्गशालाभित्रको फुटबल रङ्गशालामा भोलिदेखि सुरु हुने दक्षिण