गण्डकी प्रज्ञा–प्रतिष्ठानले सात जना स्रष्टालाई सम्मान गर्ने « Khabarhub

गण्डकी प्रज्ञा–प्रतिष्ठानले सात जना स्रष्टालाई सम्मान गर्ने


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रज्ञा–प्रतिष्ठानले तेस्रो वार्षिकोत्सवका अवसरमा सात जना श्रष्टालाई सम्मान गर्ने भएको छ । प्रतिष्ठानले गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका खगराज शर्मा, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट बागलुङका भूपिन खड्का, गण्डकी प्रज्ञा सङ्गीत सम्मानबाट स्याङ्जाका पुरुषोत्तम न्यौपाने, गण्डकी प्रज्ञा कला सम्मानबाट कास्कीका गोपाल श्रेष्ठलाई सम्मान गर्ने भएको हो ।

उनीहरूलाई जनही रु एक लाख नगद, सम्मान पत्र, दोसल्लासहित सम्मान गरिने गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी, गण्डकी प्रज्ञा–प्रतिष्ठान नारी सम्मानबाट तनहुँकी सरस्वती प्रतीक्षा सम्मानित हुने भएकी छन् । उनलाई नगद रु ५० हजारका साथमा सम्मान पत्र र दोसल्लाले सम्मान गरिनेछ । गण्डकी प्रज्ञा युवा सम्मानबाट नृत्य विधामा स्याङ्जाका रबिन गुरुङ र कला विधामा मुस्ताङका छिरिङ फोन्जो गुरुङलाई सम्मान गरिने भएको छ । उनीहरूलाई नगद रु २५ हजारसहित सम्मान पत्र र दोसल्लाले सम्मान गरिने प्रतिष्ठानले जनाएको छ ।

सम्मानित व्यक्तित्व छनोटका लागि गण्डकी प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोरे गुरुङको संयोजकत्वमा कवि एवं संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, वरिष्ठ लोकदोहोरी गायिका प्राज्ञ हरिदेवी कोइराला, कलाकार यादवचन्द्र भुर्तेल र मनकुमार श्रेष्ठ रहेका समिति गठन गरिएको थियो ।

स्रष्टाहरूलाई वैशाख २९ गते शनिबार गण्डकी प्रज्ञा–प्रतिष्ठानको भानु हलमा विशेष कार्यक्रमबीच सम्मान गरिनेछ । वार्षिकोत्सवका अवसरमा स्रष्टा स्मृति पार्कको उद्घाटन तथा प्रतिष्ठान स्थापनादेखि हालसम्मका गतिविधि समेटिएको श्रव्यदृश्य सामग्री प्रदर्शन गरिनाका साथै विभिन्न झाँकीसहित सांस्कृतिक प्रस्तुति रहने सदस्यसचिव श्रेष्ठले जानकारी दिए । साहित्य, सङ्गीत र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले २०७८ साल वैशाख १५ गते प्रतिष्ठान स्थापना भएको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ३ : १७ बजे

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत दिने

काठमाडौं – भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध

कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि २३

रास्वपा सांसदहरूले उद्धार कोषमा जनही थप १५ हजार दिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका सदस्यहरूले प्रधानमन्त्री दैवी

सशस्त्र प्रहरीलाई अमेरिकी ड्रोन सहयोग

काठमाडौँ- नेपालका बाढीप्रभावित दुर्गम क्षेत्रमा राहत सामग्री पुर्‍याउनका लागि सशस्त्र