सिद्धार्थनगर सिटी अस्पतालमा न्यूरो र जनरल सर्जरीको विशिष्टिकृत सेवा | Khabarhub Khabarhub

सिद्धार्थनगर सिटी अस्पतालमा न्यूरो र जनरल सर्जरीको विशिष्टिकृत सेवा


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

भैरहवा– भैरहवाको सिद्धार्थनगर सिटी अस्पतालले प्रविधिसँगै सेवाहरू विस्तार गर्दै गइरहेको छ । फड्को मार्दै गएको स्वास्थ्य सेवामा दैनिक रूपमा नयाँ नयाँ प्रविधिको आगमन भइरहँदा सिटी अस्पतालले सोही अनुसार सेवा अद्यावधिक गर्दै गएको छ ।

अस्पतालले शल्यक्रिया क्षेत्रमा नयाँ प्रविधि लेजर तथा दुरविनबाट जटिल रोगका अपरेसन गर्ने प्रविधि र विशेषज्ञ चिकित्सकबाट सेवा दिइरहेको छ ।

यस्तै टाउकोमा गम्भीर चोट लागेका बिरामीहरूलाई अकालमै ज्यान नजाओस् र जोखिम कममै उपचार होस भन्ने उद्देश्यले २४सैँ घण्टा न्यूरो सर्जरी सेवा दिइरहेको छ । न्यूरो सर्जरी र जनरल सर्जरीमा अस्पतालले यस क्षेत्रमै विशिष्टिकृत सेवा प्रदान गर्दै आएको अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले बताए ।

उनले बिरामीको आवश्यकतालाई मध्यनजर गर्दै सहज उपचारका लागि अनुभवी डाक्टर बाट हामीले सेवा दिइरहेका छौ, त्यसमा पनि अपडेट गर्दै मस्तिष्क तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा सहित अत्याधुनिक प्रविधि २४सैँ घण्टा सेवा दिन लागिएको छ । बढ्दो दुर्घटनाका कारण प्रभावित बिरामी काठमाडौँ चितवन र भारत तर्फ भौतारिरहेको अवस्थामा अस्पतालले ट्रमा न्यूरो तथा सर्जरी सेवामा ख्याती प्राप्त गरेको बताए । डा. सन्नी थापा तथा अर्थोपेडिक सर्जनहरुको टिमले सबै प्रकारको उपचार सफलतापूर्वक गर्दै आएको प्रबन्ध निर्देशक पौडेलले भने ।

न्यूरो सेवामा न्यूरो सर्जरी अन्तर्गत टाउकोमा कुनै पनि प्रकारको चोट, रगत जमेका बिरामी, टाउकामा ट्युमर, मेरुदण्डमा ट्युमर, मस्तिष्क घात, मेरुदण्डमा चोटपटक, अथवा नशा च्यापिएको, टाउको दुखिरहने, वान्ता हुने, प्यारालाइसिस भएको एवम् यसका लक्षण देखिने बिरामीहरूलाई सेवा दिँदै आएको डा. सन्नी थापाले बताए ।

न्यूरोसँगै सामान्य जनरल सर्जरीमा पनि सिद्धार्थनगर सिटी अस्पतालले आफ्नो विशिष्टिकृत सेवा प्रदान गर्दै आइरहेको छ । डा. हरि शर्माको नेतृत्वमा प्रायजसो अपरेसनहरू दूरबिन प्रविधिद्वारा सफलतापूर्वक गर्दै आएको छ । उनले परम्परागत शैली भन्दा दुरविनबाट शल्यक्रिया अहिलेको नयाँ प्रविधि भएकोले इन्फेक्शनको जोखिम कम हुने, जटिल शल्यक्रिया पनि सफल रूपमा गर्न सकिने दाबी गरे । जर्मन टेक्नोलोजीको विश्व स्तरीय मान्यता प्राप्त मेसिनबाट एउटा प्वालबाट नै शल्यक्रिया हुने बताए ।

एपेन्डिसाईटिस, हर्निया, पित्तथैलीको पत्थरी, हाईड्रोसिल, हर्निया, मृगौलाको पत्थरी लगायतमा पहिला चिरेर अपरेसन गर्नुपर्ने पद्धति रहे पनि अहिले यसलाई सानो प्वाल पारी दूरबिनबाट नै गर्न सकिने डा. शर्माले जानकारी दिए । यसरी अपरेसन गरिएको बिरामी छिट्टै निको हुने र आफ्नो काममा फर्कने गरेको उनको भनाई छ ।

काठमाडौं, बुटवल, र भारतको तुलनामा निकै सस्तो रहेको र यसको सफलतापूर्वक कार्यान्वयन भइरहेको छ । परम्परागत भन्दा यो प्रविधिबाट शल्यक्रिया गर्दा केही मात्रै महँगो रहेको छ । यो पनि अन्य निजी अस्पतालको तुलनामा निकै कम छ । नेपाली बिरामीहरूलाई लक्षित गरी वैशाख २० गते देखि जेठ ४ गते सम्म निःशुल्क ओपिडी सेवा सञ्चालन गरिएको उनले बताए । यस बाहेक ल्याब, एक्स-रे, भिडियो एक्स-रे, तथा ईसिजीमा ५० प्रतिशत छुट प्रदान गरिएको बताए ।

अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा सहित न्यूरो सर्जरी, मुटु रोग, जनरल फिजिशियन, जनरल सर्जरी, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ सेवा, मिर्गौला रोग विशेषज्ञ, बाल रोग विशेषज्ञ, नाक, कान घाँटी रोग विशेषज्ञ, कृत्रिम गर्भाधान सेवा, कपाल प्रत्यारोपण सेवा उपलब्ध गराउँदै आएको छ । यस्तै निःशुल्क हेमोडाईलासिस सेवा, आइसियु/एनआईसियु, सुरक्षित गर्भपतन, सम्पूर्ण प्रकारका अपरेसन, मोडुलर अपरेसन, सिटी स्क्यान, भिडियो एक्स-रे, डिजिटल एक्स-रे लगायतको सेवा प्रदान गर्दै आएको निर्देशक पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ३ : ३० बजे

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही