म्यान्माद्वारा आर्थिक वर्ष पाँच लाख टन हरियो चना निर्यात | Khabarhub Khabarhub

म्यान्माद्वारा आर्थिक वर्ष पाँच लाख टन हरियो चना निर्यात


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

याङ्गुन– म्यान्माले आर्थिक वर्ष सन् २०२३–२४ मा पाँच लाख तीन हजार नौ सय ७० टन हरियो चना निर्यात गरी ३३ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी कमाएको देशको वाणिज्य मन्त्रालयले बुधबार जारी गरेको तथ्याङ्कले देखाएको छ ।

गत वर्ष अप्रिल १ देखि सुरु भई यही मार्च ३१ मा सकिएको आर्थिक वर्षमा मुलुकले चार लाख ४६ हजार सात सय ८१ टन हरियो चना समुद्री मार्गबाट ढुवानी गरेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

म्यान्मा दाल, सिमी, मकै र तिलको बीउ व्यापारी सङ्घका म्यान्मामा अक्टोबरमा सुरु हुने जाडो मौसम र अगस्टमा सुरु हुने वर्षाको मौसममा गरी दुई मौसममा हरियो चनाको उब्जनी गरिन्छ ।

म्यान्माले चीन, भारत, इन्डोनेसिया, मलेसियालगायत देशमा हरियो चना निर्यात गरेको सङ्घले जनाएको छ । आर्थिक वर्षमा म्यान्माले १७ लाख ६० हजार टन सिमी र दालको निर्यातबाट एक अर्ब ४८ करोड अमेरिकी डलर कमाएको वाणिज्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ५ : ३८ बजे

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही