भारी वर्षाले उत्तरी हाइटीमा पहिरो जाँदा १३ जनाको मृत्यु « Khabarhub

भारी वर्षाले उत्तरी हाइटीमा पहिरो जाँदा १३ जनाको मृत्यु


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

संयुक्त राष्ट्रसङ्घ- हिंसाग्रस्त हाइटीको उत्तरपश्चिममा भर्खरै आएको भारी वर्षाका कारण बाढी र पहिरोमा परी १३ जनाको ज्यान गएको संयुक्त राष्ट्रसङ्घका मानवीय सहायताकर्मीहरूले मङ्गलबार बताएका छन् ।

मानवीय मामिला समन्वयका लागि राष्ट्रसङ्घीय कार्यालय (ओसिएचए) ले स्थानीय अधिकारीहरूले क्याप–हाइटेनमा पहिरोमा परी १३ जनाको मृत्यु भएको बताएको उल्लेख गरेको छ ।

पोर्ट–ओ–प्रिन्सको राजधानीमा घातक गिरोह हिंसाबाट भागेका धेरै मानिसले देशको उत्तरतर्फ सुरक्षा माग गरेका छन् । यसमा मुलुकको उत्तरी तटसँगै क्याप–हाइटियन क्षेत्र पनि सामेल छ । स्थानीय अधिकारीहरूले मुसलधारे वर्षाले घर तथा व्यवसायमा समेत क्षति पुगेको बताएका छन् ।

आगामी दिनमा राजधानी लगायत अन्य भागमा थप वर्षा र बाढी आउने अपेक्षा गरिएको ओसिएचएले जानकारी गराएको छ । यी भागमा जारी हिंसाबाट विस्थापित मानिसले भारी वर्षाअघि सरसफाइ चुनौतीको सामना गरिरहेका थिए । शुक्रबारदेखि भारी वर्षा सुरु भएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ६ : १६ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १