किशोरीको तस्बिरलाई अश्लील बनाएर फेसबुकमा पोस्ट गर्ने शिक्षक पक्राउ | Khabarhub Khabarhub

किशोरीको तस्बिरलाई अश्लील बनाएर फेसबुकमा पोस्ट गर्ने शिक्षक पक्राउ


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक सञ्जाल फेसबुकमार्फत एकजना किशोरीको चरित्र हत्या गरेको आरोपमा एउटा निजी विद्यालयका शिक्षक पक्राउ परेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत किशोरीको चरित्रहत्या गरेको आरोपमा भक्तपुर नगरपालिका-४ काहालान्च निवासी २८ वर्षीय पुरूषलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । उनी भक्तपुरसे्थित एउटा निजी विद्यालयको शिक्षक रहेको प्रहरीले जनाएको छ ।

ती किशोरीले फेसबुकमा पोष्ट गरेका तस्बिरहरूलाई अश्लील तस्बिरमा अनुहार जोडी आपत्तिजनक कन्टेन्ट लेखेर फेक फेसबुक आइडीमा पोष्ट गरी चरित्र हत्या गरेको आरोप लगाएकी छन् ।

पीडित किशोरीको उजुरीका आधारमा साइबर ब्यूरो भोटाहिटीको टोलीले निजी विद्यालयका ती शिक्षकलाई भक्तपुरबाट पक्राउ गरेको हो ।

उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद अनुमति लिई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसूरमा  प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ६ : २९ बजे

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक

भारत लोकसभा पाँचौ चरणको चुनाव आज : आठ राज्यका कति सिटमा हुन्छ मतदान ?

काठमाडौं – सात चरणमा हुन लागेको भारत लोकसभाको पाँचौ चरणको

आजको प्रतिनिधिसभा बैठकको कार्यसूची कस्तो छ ?

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

प्रधानमन्त्री दाहालले चौथो पटक विश्वासको मत लिँदै

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभामा विश्वासको मत लिने

केही भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल