नेपालप्रति ओ‌लीको कटाक्ष : एमाले फुटाउनेहरूको हालत खराब हुँदै गएको छ « Khabarhub

नेपालप्रति ओ‌लीको कटाक्ष : एमाले फुटाउनेहरूको हालत खराब हुँदै गएको छ


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउनेहरूको हालत खराब हुँदै गएको बताएका छन् ।

एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालतिर लक्षित गर्दै उनले बुधबार एक कार्यक्रममा कडा टिप्पणी गरेका हुन् ।

एमाले नेतृत्वको सरकार ढालेर दक्षिणपन्थीहरूको हातमा सरकार बुझाउनेहरूको हालत अहिले खराब भएको भन्दै नेपाललाई कटाक्ष गरेका हुन् ।

एमाले कपिलवस्तु जिल्ला अधिवेशन बुधबार उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री ओलीले अब पार्टीभित्र कुनै गुट-उपगुट स्वीकार्न नसकिने पनि बताए ।

गुट बनाउनेहरुविरुद्ध नेतृत्व अब कडा रुपमा प्रस्तुत हुने चेतावनी दिए त्यही सम्मेलनमार्फत दिएका छन् ।

‘हिजो गलत मनसायबाट पार्टी फुटाउनेहरू कहीँबाट सञ्चालित थिए । अहिले उनीहरूको के हालत भएको छ ? केही स्वार्थी व्यक्तिहरू पार्टीमा हुँदा कति धेरै क्षति पुर्‍यायो भन्ने सबैलाई प्रष्ट छ’, ओलीले भने, ‘पार्टीभित्र गुट बनाउने छुट कसैलाई छैन, यसले कसैलाई फाइदा हुँदैन, पार्टीमा फाटो ल्याउँछ । एमालेलाई गुटबन्दी स्वीकार्य छैन । यसबारे सबै नेता-कार्यकर्ता स्पष्ट हुनुपर्छ । अब गुटबन्दीविरुद्ध नेता-कार्यकर्ता एक भएर लागौँ । गुटबन्दी मुर्दावाद भन्न थालौँ ।’

ओलीले एमाले विभाजनका बेला पनि कपिलवस्तुले सबै षड्यन्त्रलाई चिरेर जवाफ दिएको बताए । अहिले पनि कपिलवस्तु पार्टी बलियो बनाउने काममा दृढ रहेको भन्दै सम्मान देखाए ।

‘हिजो एमालेभित्रका केही स्वार्थीलाई पचेन, डाहा भयो, उनीहरू कहाँबाट सञ्चालित भएका हुन् ? गलत मनसायले पार्टी फुटाए, कम्युनिष्ट पार्टीको सरकार ढालेर दक्षिणपन्थीलाई बुझाए’, ओ‌लीले भने, ‘अझै पनि महसुस गरेका छन् वा छैनन् ? कपिलवस्तुले ती सबै षडयन्त्रविरुद्ध एकजुट भएको थियो । पार्टी केन्द्रले कपिलवस्तुलाई उच्च सम्मान गरेको छ । अब पनि त्यो सम्झनुपर्यो‍ ।’

उनले आफूहरूको काँधमा लोकतन्त्र प्रवर्द्धन गर्ने, सुशासन ल्याउने तथा विकास र समृद्धिको जिम्मेवारी आएको बताए । त्यसका लागि अब एमालेको एकल सरकार बनाउन आवश्यक रहेको ओलीले जिकिर गरे ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ६ : ३७ बजे

थाइल्यान्डमा सैन्य विमान दुर्घटना हुदाँ दुई पाइलटको मृत्यु

बैंकक– उत्तरी थाइल्यान्डको चियाङ माई प्रान्तमा सैन्य प्रशिक्षण अभियानको क्रममा

यस वर्ष पर्वतबाट ३२ करोडको सुन्तला निर्यात

पर्वत– यस वर्ष जिल्लाबाट ३२ करोड रुपैयाँको सुन्तला निर्यात गरिएको

भारतमा रहेकी हसिनाद्वारा बङ्गलादेशी चुनावको आलोचना

नयाँ दिल्ली- बङ्गलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा रहेको आफ्नो

रणवीर सिंहविरुद्ध बेंगलुरुमा आपराधिक मुद्दा दर्ता

काठमाडौं- बलिउडका चर्चित अभिनेता रणवीर सिंह फेरि एकपटक विवादको केन्द्रमा

गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध

गुल्मी– छ वर्षको अवधिमा गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बिमा