आज २०८१ साल जेठ २६ गते शनिबारको राशिफल « Khabarhub

आज २०८१ साल जेठ २६ गते शनिबारको राशिफल


२६ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल जेठ २६ गते शनिबार तदनुसार सन् २०२४ जुन ८ तारिख। जेठ शुक्ल पक्षको द्वितीया तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : तपाईंको बोलीकै कारण काम बिग्रने भएकाले बोल्दा ख्याल गर्नु राम्रो हुन्छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको तर्फबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। राजनीतिक क्षेत्रमा भने झन्झट आइपर्ने देखिन्छ।

वृष : धनलक्ष्मी योग परेको छ। गुम्न लागेको धन हात लाग्नेछ। लगानीका क्षेत्रमा हिम्मत गरेमा घाटा हुने छैन। व्यापारमा फाइदा हुने योग छ। साथीको साथ रहनेछ। नयाँ ठाउँको भ्रमणले दिन रमाइलो बन्नेछ।

मिथुन : मनमा उत्साह बढ्नेछ। शिक्षा क्षेत्रमा उत्कृष्ट नतिजा प्राप्त हुनेछ। परिवारको सहयोग मिल्नेछ। तपाईंलाई बहुमत साथीभाइले सहयोग गर्नेछन्। विदेशमा भन्दा स्वदेशमै गरेको लगानीबाट फाइदा हुने देखिन्छ।

कर्कट : आज ठुलो योजना नबनाउनु राम्रो हुन्छ। झुटा आरोप लाग्ने जोखिम छ। विरोधी जमात सक्रिय भएकाले सचेत हुनुपर्छ। परिवारभित्र शंका बढ्नेछ।

सिंह : धेरै मानिसले प्रशंसा गर्नेछन्। शिक्षाको क्षेत्रमा फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा उन्नति हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। समाजसेवाको अवसर प्राप्त होला।

कन्या : अधिकारका लागि संघर्ष गर्नुपर्ने दिन छ। शिक्षाको क्षेत्रमा सुधार हुनेछ। स्वास्थ्यमा देखिएको समस्यामा सुधार हुनेछ। परिवारको मर्म नबुझ्दा खटपटी बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : काम गर्नु अगाडि विवेक प्रयोग गर्नु राम्रो हुनेछ। लगानी र श्रम भएमा शिक्षामा प्रगति हुनेछ। स्वास्थ्यमा सुधार हुने दिन छ। कुरा काट्ने साथीभाइ सक्रिय छन्। साथीसँग व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : साथीबाट विरोधका आवाज सुन्नुपर्ने हुनसक्छ। मन अशान्त हुनेछ। सामाजिक र पारिवारिक क्षेत्रमा सफलता मिल्नेछ। परिवारसँगको सम्बन्ध सुधार हुनेछ। प्रेम सम्बन्ध सहज बन्नेछ।

धनु : सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। परिवारमा रमाइलो भेटघाट हुनेछ। दिन रमाइलो हुने योग छ। राजनीतिक क्षेत्रमा तपाईंको प्रयास सफल होला। कृषि र फलफूलको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

मकर : सञ्चित धन खर्च हुने दिन छ। विरोधका आवाज सुन्नुपर्ने हुनसक्छ। तर्क नगरी कर्तव्य पूरा गर्नु राम्रो हुनेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। परिवारमा मेलमिलाप हुनेछ।

कुम्भ : झुटो आरोप लाग्नसक्छ। मन अशान्त हुनेछ। यात्रामा अवरोध हुने देखिन्छ। शनि अनुकुल भएमा सफलता मिल्नेछ। सामाजिक लगानी फस्ने जोखिम देखिन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मीन : बोल्न नजान्दा अप्ठेरोमा पर्ने जोखिम देखिन्छ। भएको जोगाउने दिन हो। धनको भन्दा मान, प्रतिष्ठा र इज्जतमा धावा पुर्याउने साथी सक्रिय छन्। व्यवहार गर्नु अगाडि सचेत बन्नुपर्छ। परिवारबाट अप्ठेरो परिस्थितिमा साथ मिल्नेछ।

प्रकाशित मिति : २६ जेठ २०८१, शनिबार  ५ : ०८ बजे

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक

पहिरोका कारण म्याग्दीका १९ घरमा क्षति

म्याग्दी । पछिल्लो तीन दिनदेखिको निरन्तरको झरीका कारण म्याग्दीको जनजीवन