विश्वकपमा क्यानडाको ऐतिहासिक जित : आयरल्यान्ड १२ रनले पराजित « Khabarhub

विश्वकपमा क्यानडाको ऐतिहासिक जित : आयरल्यान्ड १२ रनले पराजित


२६ जेष्ठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसिसी टी–२० विश्वकपमा क्यानडाले ऐतिहासिक जित निकालेको छ । शुक्रबार राति भएको समूह ‘ए’को खेलमा क्यानडाले आयरल्याण्डमाथि १२ रनको ऐतिहासिक जित निकालेको हो ।

टस जितेर सुरुमा फिल्ड रोजेको आयरल्याण्डलाई क्यानडाले १३८ रनको लक्ष्य दिएको थियो । आयरल्याण्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १२५ रन मात्र बनाउँदै क्यानडासँग १२ रनको हार खाएको हो ।

१३८ रनको लक्ष्य पछ्याएको आयरल्याण्डका लागि मार्क अडेरले सर्वाधिक ३४ रन बनाए । । २४ बलको सामना गरेका उनले ३ चौका र १ छक्का प्रहार गरे । उसका लागि जर्ज डकरेलले ३० रन जोड्दा अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन् । ।

आयरल्याण्डलाई सस्तैमा समेट्न क्यानडाका लागि जेरेमी गोर्डन र डिलोन हाइलिगरले समान दुईदुई विकेट हात पारे भने जुनेद सिद्धकी र साद बिन जाफरले एकएक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाका लागि निकोलस किर्टोन अर्धशतक बनाउन १ रनले चुके । सर्वाधिक ४९ रन बनाउँदा ३५ बलको सामना गर्दै उनले तीन चौका र दुई छक्का प्रहार गरेका थिए ।

श्रेयस मोभ्भाले ३७, प्रगत सिंह १८ रन बनाउँदा एरोन जोन्सनले १४ रन जोडेका थिए ।

क्यानडाविरुद्ध सुरुमा बलिङ गरेको आयरल्याण्डका लागि क्रेग यङ र ब्यारी म्याकार्थीले समान दुईदुई विकेट लिएका थिए भने मार्क अडेर र गेराथ डेलानीले एकएक विकेट हात पारे ।

समूह ‘ए’मा रहेको क्यानडाले उद्घाटन खेलमा अमेरिकासँग ७ विकेटको पराजय भोगेको थियो । समूह ‘ए’मा अमेरिका दुई खेल जित्दै शीर्ष स्थानमा छ । भारत र पाकिस्तानसमेत रहेको यो समूहको जितलाई महत्त्वका साथ हेरिएको छ । भारत दुई अंकसहित दोस्रो स्थानमा छ भने यो समूहमा पाकिस्तान र आयरल्याण्डले खाता खोल्न सकेका छैनन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार  ५ : ३२ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल