बाइडेनद्वारा युक्रेनलाई साढे २२ करोड डलरको सुरक्षा सहायता घोषणा « Khabarhub

बाइडेनद्वारा युक्रेनलाई साढे २२ करोड डलरको सुरक्षा सहायता घोषणा


२६ जेष्ठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई थप २२ करोड ५० लाख डलरको सुरक्षा सहायताको घोषणा गरेका छन् ।

पेरिसमा युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग भएको भेटमा उनले अमेरिका सधैँ युक्रेनसँगै रहेको बताउँदै सहयोगको घोषणा गरेका हुन् ।

अमेरिकी रक्षा विभागले नयाँ सहायता प्याकेजमा गोलाबारुद र विमान विरोधी मिसाइलहरू समावेश हुने बताएको छ।

सुरक्षा प्याकेजमा युक्रेनलाई सबैभन्दा आवश्यक युद्धक्षेत्रको आवश्यकताहरू पूरा गर्न हतियार प्रदान गरिने बताएको छ। यसमा स्टिङ्गर एन्टी–एयरक्राफ्ट मिसाइल, एचआइएमएआरएस सिस्टमका लागि गोलाबारुद र १५५ मिमी तथा १०५ मिमी तोपखाना राउण्ड रहेका छन्।

उत्तरी फ्रान्सको प्रतीकात्मक डि–डे समारोहमा भाग लिएपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग कांग्रेसमार्फत नयाँ सहायता प्राप्त गर्न भएको ढिलाइप्रति दुःख व्यक्त गरे ।

 

 

 

प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार  ८ : २८ बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव