विश्वकपमा अफगानिस्तानको लगातार शानदार दोस्रो जित: न्युजिल्यान्ड ७५ रनमा समेटियो « Khabarhub

विश्वकपमा अफगानिस्तानको लगातार शानदार दोस्रो जित: न्युजिल्यान्ड ७५ रनमा समेटियो

कप्तान राशिद र फारुकीले लिए चार-चार विकेट


२६ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसिसी टी-२० विश्वकपमा अफगानिस्तानले लगातार दोस्रो जित दर्ता गरेको छ। शनिबार बिहान भएको खेलमा अफगानिस्तानले न्युजिल्यान्डमाथि ८४ रनको शानदार जित निकालेको हो। पहिलो खेलमा अफगानिस्तानले युगान्डामाथि १२५ रनको जित निकालेको थियो।

न्युजिल्याण्डले टस जितेर सुरुमा फिल्ड रोजेपछि अफगानिस्तानले सुरुमा ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १५९ रन बनाएको थियो। १६० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १५.२ ओभरमा सबै विकेट गुमाउँदै ७५ रनमा समेटिएको हो।

न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक १८ रन बनाए। म्याट हेनरी १२ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

न्युजिल्यान्डलाई सस्तैमा समेट्न अफगानिस्तानका कप्तान राशिद खान र फजलहक फारुकीले समान चार-चार विकेट लिए। चार ओभर बलिङ गरेका खानले १७ रन खर्चिए भने फारुकीले ३.२ ओभर बलिङ गर्दै १७ रन खर्चिएर चार विकेट लिएका हुन्। उसका लागि मोहम्मद नाबीले थप दुई विकेट हात पारे।

सुरुमा ब्याटिङ गरेको अफगानिस्तानका लागि ओपनर रहमान उल्लाह गुरबाजले शानदार अर्धशक बनाएका थिए। उनले ५६ बलको सामना गर्दै ५ छक्का र ५ चौकाको मद्दतमा सर्वाधिक ८० रन बनाएका हुन्।

अर्का ओपनर इब्राहिम जाद्रानले ४१ बलको सामना गर्दै ३ चौका र २ छक्काको मद्तमा ४४ रन बनाए। पहिलो विकेटका लागि ओपनरले ८० बलमा सय रनको साझेदारी गरेका थिए।

अफगानिस्तानका लागि तेस्रोक्रममा आएका ब्याट्सम्यान अजमातुल्लाह उमरजाईले १३ बल खेल्दै दुई छक्का र एक चौकाको मद्तमा २२ रन जोडे। कप्तान राशिद खान ५ बलमा ६ रन बनाउँदै आउट भए भने अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन्।

न्युजिल्यान्डका लागि टेन्ड बोल्ट र म्याट हेनरीले समान दुईदुई विकेट लिएका थिए भने लोकी फर्ग्युसनले एक विकेट हात पारेका थिए।

समूह ‘सी’मा रहेको न्युजिल्याण्ड विश्वकपको पहिलो खेलमा पराजित भएको हो। अफगानिस्तानले पहिलो खेलमा युगाण्डाविरुद्ध १२५ रनको शानदार जित निकालेको थियो। दोस्रो जितसँगै अफगानिस्तान चार अंकसहित समूह ‘सी’को शीर्ष स्थानमा छ।

यो समूहमा अफगानिस्तान, न्युजिल्याण्डसँगै वेस्ट इन्डिज, युगान्डा र पपुवा न्युगिनी (पिएनजी) छन्। दुई खेल खेलेको पिएनजीले खाता खोल्न सकेको छैन भने युगान्डाले दुई खेलमा एक जितसहित दुई अंक जोडिसकेको छ।

प्रकाशित मिति : २६ जेठ २०८१, शनिबार  ८ : ४० बजे

विश्वकपमा मेसीको कीर्तिमानी ह्याट्रिक: रोनाल्डोको रेकर्ड तोडियो

काठमाडौँ – सन् २०२२ को कतार विश्वकप जितेपछि कप्तान लियोनेल

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापाको गौरादहमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

योग दिवसको सन्दर्भमा आयुर्वेद क्याम्पसमा योगअभ्यास

काठमाडौं- अन्तर्राष्ट्रिय योग दिवसको १२औँ संस्करण आगामी जुन २१ मा

संघीय र प्रदेश सांसदसँग ललितपुर महानगरको छलफल

ललितपुर : ललितपुर महानगरले आर्थिक वर्ष २०८३–०८४ को नीति तथा

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात : अल्जेरिया ३-0 ले पराजित

काठमाडौँ – साविक विजेता अर्जेन्टिनाले विश्वकपमा विजयी सुरुवात गरेको छ