भारतीय जनमत र मोदीको तेस्रो कार्यकाल | Khabarhub Khabarhub

भारतीय जनमत र मोदीको तेस्रो कार्यकाल


२६ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

नरेन्द्र मोदी लगातार तेस्रो कार्यकाल प्रधानमन्त्रीमा निर्वाचित भएका छन्। यसै साता मतगणना भएको भारतको यो निर्वाचनले धेरै अर्थमा चर्चा पाएको छ। मोदीले कायम गरेको यो इतिहास महत्त्वपूर्ण छ। सन् २०१५ बाट सुरु भएको मोदी युग अबको ५ वर्ष जाने पक्का छ। भारतकै हकमा जवाहरलाल नेहरुपछि तीन पटक प्रधानमन्त्री भएर मोदीले कीर्तिमान कायम गर्दैछन्।

संसारको सबै भन्दा धेरै जनसङ्ख्या भएको देशमा मोदीको यो सफलताका विभिन्न कारण छन्। व्यक्तिगत रुपमा सफलता प्राप्त गर्दैगर्दा पछिल्लो चुनावमा मोदीले अपेक्षाकृत सिट जित्न नसक्नुको कारण के हुनसक्छ ? यी बहसका विषय हुन्। सत्य यो हो कि संसारको शक्तिशाली नेतामध्ये नरेन्द्र मोदी एक हुन्।

सन् २०१५ बाट सुरु भएको मोदी युग अबको ५ वर्ष जाने पक्का छ। भारतकै हकमा जवाहरलाल नेहरुपछि तीन पटक प्रधानमन्त्री भएर मोदीले कीर्तिमान कायम गर्दैछन्।

संसारका शक्तिशाली नेता को भन्ने प्रश्नको उत्तरमा स्वाभाविक रूपमा मोदीलाई पनि शीर्ष रूपमा लिने गरिन्छ। अमेरिकी राष्ट्रपति जो वाइडेन, रुसी राष्ट्रपति भ्लाडिमिर पुटिन, फ्रान्सेली राष्ट्रपति एमानुएल म्याक्रोन लगायतको नामसँगै मोदी उपस्थित हुन्छन्। यसरी थुप्रै संस्था र सञ्चार माध्यमले सन् २०२३ को मध्यमा शक्तिशालीको नाम प्रकाशित गरेको थियो। यसरी प्रकाशित धेरै नाम मध्य फाइनान्स याहुको सूची धेरै अर्थमा वैज्ञानिक पनि ठहर्न सक्छ।

इजरायली प्रधानमन्त्री नेतेन्याहु र इरानका अलि होसेनी खोमेनी पनि शीर्ष १० मा रहे। उत्तर कोरियाली कमान्डर इन चिफ किम जङ उन तथा युएईका सिख मोहम्मद बिन जायद अल नायम सो सूचीमा छन्। सूचीमा अमेरिकी राष्ट्रपति जो वाइडेन, चिनियाँ राष्ट्रपति सी चिन फिङ, साउदी अरेबियाका मोहम्मद बिन सलमान अल साउद र रुसी राष्ट्रपति भ्लाडिमिर पुटिन छन्।

मोदीलाई शक्तिशाली ठहर गरिनुमा केही आधार छन्। भारत संसारको ठुलो अर्थतन्त्रको रूपमा विकास हुँदैछ। संसारकै केही धनाढ्य भारतमा बसोबास गर्छन्। जनसंख्याको आधारमा भारत संसारको सबै भन्दा ठुलो देश हो। भू-राजनीतिक रूपमा आफ्नो भूगोलमा भारतको प्रभाव छ। पाकिस्तान बाहेक अन्य छिमेकी देशसँग भारतको सम्बन्ध सुमधुर छ।

१५ अगस्ट १९४७ मा भारत स्वतन्त्र भएको दिनदेखि २७ मे १९६४ सम्म नेहरु भारतका प्रधानमन्त्री भए। उनले कार्यकालकै समयमा हृदय घातका कारण जीवन गुमाएका थिए। उनको नेतृत्वमा भारतमा काँग्रेसले लगातार तीन पटक सत्ता चलाएको थियो।

सन् १९५१ र ५२ को निर्वाचन भारत स्वतन्त्र भएपछिको पहिलो निर्वाचन थियो। सो निर्वाचन १९५२ को अक्टोबरदेखि १९५२ को फेब्रुअरीसम्म भएको थियो। लोकसभामा रहेका ४८९ मध्ये नेहरु नेतृत्वको काँग्रेसले ३६४ सिट जितेको थियो।

सन् १९५७ मा भएको दोस्रो लोकसभा निर्वाचनमा काँग्रेसले ३७१ सिट जितेको थियो। केरलामा केरेला कम्युनिस्ट पार्टी नबनेसम्म अन्य कुनै पनि राज्यमा काँग्रेसलाई चुनौती दिने ल्याकत राख्दैन थिए ।

भारतीय स्वतन्त्रता आन्दोलनको अगुवाइ गरेकै कारण काँग्रेसलाई पत्याइएको थियो। सो आन्दोलनको नेतृत्व महात्मा गान्धी र नेहरुले गरेका थिए।

सन् १९५७ मा प्रान्तीय दलको प्रभाव भारतमा सुरु भएको थियो। महाराष्ट्रमा मराठ, गुजारतमा पटेल तथा आन्ध्र प्रदेशमा रेड्डीहरुको प्रभावशाली उपस्थितिमा कारण प्रान्तीय दलहरू पनि हाबी हुन थालेका हुन्।

काँग्रेसलाई चुनौती दिनका लागि सुरुआती दिनमा कम्युनिस्ट पार्टीका उदय भएको थियो। केरेला लगायत पश्चिम बङ्गाल लगायत राज्यमा कम्युनिस्ट पार्टीको प्रभाव बढे सँगै अन्य केही दलको उदय भारतीय राजनीतिका महत्त्वपूर्ण विषय बनेको थियो।

ड्रभिडा मुनेत्रा कंघम अको प्रभावशाली दलको रूपमा स्थापित भयो। यो दलको सुरुआती ध्येय पृथकतवादी मुद्दा नै थियो।

भारतको राजनीतिमा हिन्दी भाषीको एकल प्रभाव तथा उत्तरको प्रभावको विरोधमा आवाज उठाउँदै सो दलको उदय भएको थियो। यसै कारण तामिलनाडीमा डीएके एउटा शक्तिको रूपमा स्थापित भएको हो। नेहरुको दोस्रो कार्यकालमै काँग्रेसमा विवाद र विखण्डन सुरु भएको थियो।

सन् १९६१ मा नेहरुले ल्याएको कृषि नीतिको विरुद्धमा चौधरी चरन सिंह उत्रिएका थिए भने अर्का नेता चक्रवर्ती राजगोपाललाचारीले पनि नेहरुको विरोध गरे। यसरी विरोध गर्नुको मुख्य कारण नेहरु समाजवादी सोचका थिए भने उनी खुला अर्थतन्त्रको पक्षधर थिए। यी केही विरोधका बाबजुद नेहरुको दल तेस्रो पटक ३६१ स्थानमा जीत हात पार्न सफल भएको थियो।

नेहरु मोदका केही समानता पक्कै छन्। अंग्रेजले भारत छाड्ने बित्तिकै सत्तामा पुगेका नेहरुले आर्थिक सफलता अबको बाटो भएको बताएका थिए। त्यसैगरी मोदीले सन् २०१४ मा निर्वाचन अभियान सुरु गर्दा समृद्ध भारतको मुद्दा उठाएका थिए। तथापि मोदीको शासन कालमा समृद्ध भारतको नारा अनुसार भएन। सन् २०१४ मा भन्दा २०१६ मा भारतको आर्थिक वृद्धि दर कम थियो। पुँजी बजारका कारण तत्काल ती सबै समस्या समाधान हुँदै उन्नतिको बाटोमा भने गएको छ।

सन् २०२० को कोरोना महामारीका कारण संसारका अन्य देशमा जस्तै भारतमा आर्थिक प्रतिकुलता स्वाभाविक थियो। चार वर्ष भारत फेरि उन्नति र प्रगतिकै बाटोमा जाँदै छ।
यस पटकको निर्वाचनमा भाजपाको सिट सङ्ख्या प्रक्षेपण भन्दा कम पाएको छ। निर्वाचनको पूर्व सन्ध्यामा भारत संसारकै महाशक्तिको रूपमा उदाएको आधारमा मोदीको लोकप्रियता र करिश्माको चर्चा गरिए पनि सन् २०१९ को तुलनामा उनको लोकप्रियता घटेको साँचो हो।

अहिले संसारका दुई ठुला शक्ति चीन र भारतकै नेताको तेस्रो कार्यकाल चलेको छ । निर्वाचनबाट नै अनुमोदित हुनुले मोदीको चमक अझ बढी भएको कुरा नकार्न मिल्दैन।

अहिले संसारका दुई ठुला शक्ति चीन र भारतकै नेताको तेस्रो कार्यकाल चलेको छ । निर्वाचनबाट नै अनुमोदित हुनुले मोदीको चमक अझ बढी भएको कुरा नकार्न मिल्दैन।

संसारको लोकतान्त्रिक मुलुकको इतिहास हेर्ने हो भने सबै भन्दा शक्तिशाली देश अमेरिकामा नै थियोडर रुजवेल्ट चार पटक राष्ट्रपतिमा निर्वाचित भएका थिए।

सन् १९२१ मा उनी ३९ वर्षको उमेरमा राष्ट्रपति निर्वाचित भएका थिए। उनी चौथो पटक राष्ट्रपति भएकै समयमा दोस्रो युद्ध पनि जारी थियो र युद्धको दबाबले गर्दा उनको शरीरमा समेत समस्या देखिएको थियो। सोही समस्याका कारण उनी विश्व युद्धको समाप्ति अघि नै हृदयघात बन्द भएर ज्यान गुमाउन पुगे। अहिले अमेरिकाका दुई कार्यकाल भन्दा बढी राष्ट्रपति हुन नपाउने प्रावधान छ।

मोदीलाई भारतीय इतिहासमा नेहरुसँग या संसारकै इतिहासमा रुजवेल्टसँग तुलना गर्न खोजिएको पक्कै होइन। तर संसारकै सबै भन्दा धेरै जनसङ्ख्या भएको देशमा जनमतबाट नै अनुमोदित भएर सरकार लामो कार्यकाल सरकार प्रमुख हुनु साँच्चै महत्त्वपूर्ण हो। स्रोतः याहु फाइनान्स, वायर, द वायर, इन्डिया टुडे

प्रकाशित मिति : २६ जेठ २०८१, शनिबार  ९ : २१ बजे

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि