ताइवानविरुद्ध बदला लिने चीनको चेतावनी « Khabarhub

ताइवानविरुद्ध बदला लिने चीनको चेतावनी


२६ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनले ताइवानविरुद्ध बदला लिने चेतावनी दिएको छ । ताइवानका राष्ट्रपति लाई चिङ तेले चीनलाई ‘विश्व शान्ति एवम् स्थायित्वका लागि सबैभन्दा ठूलो रणनीतिक चुनौती’ को संज्ञा दिएपछि चीनले उक्त चेतावनी दिएको हो ।

राष्ट्रपति लाईले एक सम्बोधनका क्रममा चीनलाई विश्वका लागि सबैभन्दा ठूलो चुनौती भएको भन्दै आफ्नो रक्षा गर्न अन्य लोकतान्त्रिक मुलुकहरुसँग सहकार्य गर्न तयार रहनुपर्ने उल्लेख गरेका थिए ।

उनको सो सम्बोधनपछि प्रतिक्रिया दिँदै चीनले ताइवानविरुद्ध ‘अपरिभाषित बदला लिने’ चेतावनी दिएको थियो ।

यसअघि चीनले लाई चिङ तेलाई समस्या उत्पन्न गर्ने बदमासको संज्ञा दिएको थियो । लाईले चीनलाई गणतन्त्र चीनको अस्तित्वको यथार्थलाई स्वीकार गर्न पनि आग्रह गरे ।

राष्ट्रपति लाईको सम्बोधनमा उनले चीनलाई ताइवानले कुनै पनि हालतमा आफ्नो स्वतन्त्रता गुम्न नदिने सन्देश दिएको रुपमा विश्लेषण गरिएको छ ।

स्वायत्त लोकतान्त्रिक राजनीतिक प्रणाली रहेको ताइवानलाई जनगणतन्त्र चीनले आफ्नै मुलुकको एक प्रान्तको रुपमा व्याख्या गर्दै आएको छ ।

प्रकाशित मिति : २६ जेठ २०८१, शनिबार  ९ : २८ बजे

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम