सुन्दरहरैचामा विपन्नलाई बाँसको मुढा बनाउने तालिम « Khabarhub

सुन्दरहरैचामा विपन्नलाई बाँसको मुढा बनाउने तालिम


२६ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

सुन्दरहरैचा– मोरङको सुन्दरहरैंचा नगरपालिका–५ को पर्यटकीय क्षेत्र हसिना सिमसारमा विपन्नलाई बाँसको मुढा बनाउने तालिम सुरु भएको छ।

नमुना सामुदायिक वन उपभोक्ता समितिको आयोजनामा स्थानीय गरिब तथा विपन्न ४० जनालाई बाँसको मुढा बनाउने तालिम दिन लागिएको हो ।

तालिममा सहभागी भएका विपन्न नागरिकलाई सीप सिकेर जीविकोपार्जन गर्न सहज हुने नमुना सामुदायिक वन उपभोक्ता समितले विश्वास जनाएको छ ।

सिकेको सीपलाई व्यावसायिक रूपमा अगाडि बढाउने उद्देश्यअनुसार तालिम सञ्चालन गरिएको उपभोक्ता समितका अध्यक्ष घनश्याम न्यौपानेले जानकारी दिए।

कार्यक्रमा उद्योग वाणिज्य संघ सुन्दरदुलारीका अध्यक्ष जीवन प्रसाद ढुङ्गनाले नेपाल सरकारले बजेट बिनियोजन गरेर यस्ता खालको कार्यक्रम गर्नुपर्ने बताउदै राज्यको ध्यान दिनुपर्ने यस्ता खालका कामलाई नमुना सामुदायिक वनले भन्दै प्रशंसा गरेका थिए।

यो तालिमले बिपन्न वर्गको आयआर्जनमा टेवा पुग्ने भन्दै सिकेका सिपलाई व्यवहारमा उतार्न र उत्पादन भएका मुढालाई बजारीकरण गर्न उद्योग वाणिज्य संघले सहयोग गर्ने बताए ।

यस्तै सोही कार्यक्रमा बोल्दै वडाअध्यक्ष गणेश चौधरीले नमुना वनले वनको संरक्षण मात्र नभई नमुना काम समेत गरेको बताए। गरिबी बिपन्न बर्ग जीवन उकास्न यो तालिमले टेवा पुग्ने बताए। साथै अगामी दिनमा वडाले पनि यस्ता सिपमुलक कार्यक्रम गर्ने बताए।

१० दिनसम्म चल्ने उक्त कार्यक्रमको प्रशिक्षक प्रवीण राई रहेका छन्। कार्यक्रमा सिद्धार्थ सामुदायिक वनका अध्यक्ष प्रकाश राई, सुन्दर सामुदायिक वनका अध्यक्ष कमल अधिकारी ,हरियाली सामुदायिक वनका अध्यक्ष महेश राई लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २६ जेठ २०८१, शनिबार  ९ : ४२ बजे

सन् २०२६ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘अप्टोजेनेटिक्स’ का खोजकर्ताहरूलाई प्रदान गरिने

एजेन्सी– क्यारोलिन्स्का इन्स्टिच्युटको नोबेल एसेम्ब्लीले सन् २०२६ को शरीरक्रियाविज्ञान वा

तयारी पोशाक निर्यात बढाउन नीतिगत र कानुनी सुधारको माग

काठमाडौँ- नेपाल तयारी पोशाक उद्योग संघले तयारी पोशाक क्षेत्रलाई दिगो,

चिनी उद्योगको जग्गामा प्रश्न उठाउनुभन्दा स्वदेशी उत्पादनमा जोड दिऔँ : मन्त्री साह

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले व्यवसायको वातावरण बनाउन

मुग्लिन-मलेखु सडक धमाधम बन्दै (तस्बिरहरू)

काठमाडौं– मुग्लिन–नागढुंगा सडक आयोजनाअन्तर्गतको पश्चिम खण्ड (मुग्लिन–मलेखु) स्तरोन्नतिको काम धमाधम

प्रदेश प्रमुख भट्टसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेस

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान