जसपा महाधिवेशन : २० हजार मान्छे उतार्ने, अशोक पक्षलाई नबोलाउने  « Khabarhub

जसपा महाधिवेशन : २० हजार मान्छे उतार्ने, अशोक पक्षलाई नबोलाउने 


२६ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी जसपाको प्रथम राष्ट्रिय महाधिवेशनमा २० हजार मान्छेको उपस्थित रहने आयोजकले जनाएको छ । 

जसपा नेपालले यही जेठ २८ गते जनकपुरमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा २० हजार मान्छे सहभागी हुने पार्टी प्रवक्ता मनिस सुमनको भनाइ छ । 

सुमनले खबरहबलाई भने, ‘महाधिवेशनमा देश विदेशबाट नेता कार्यकर्ता आउनुहुन्छ । अन्य पार्टीका नेताहरूलाई पनि निमन्त्रणा दिएका छौँ ।’ 

उनका अनुसार अहिलेसम्ममा केन्द्रका नेताहरू नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेकपा महासचिव नेत्रविक्रम चन्द्र विप्लवले महाधिवेशनमा आउने निर्णय गरिसकेका छन् । 

एमाले अध्यक्ष केपी ओली, प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति  रवि लामिछाने र जनमतका अध्यक्ष सिके राउतलाई निमन्त्रणा पठाइसकेको बताइएको छ । तर उनीहरूले कार्यक्रममा आउने या नआउने निर्णय नगरेको बताइन्छ । 

उनीहरूको भोलि मात्र निर्णय हुने बताइएको छ । यस्तै, फागुन २३ मा जसपा विभाजन गरेका अशोक राईको समूहलाई भने महाधिवेशनमा  नबोलाउने सुमनको भनाइ छ । 

उनले भने, ‘उनीहरूलाई बोलाएर के पाइन्छ । पार्टी हो र उनाीहरुको ?’ 

सुमनका अनुसार भारतका समाजवादी नेताहरूलाई समेत निमन्त्रणा दिएको छ । 

जसपा नेपालको केन्द्रीय समितिको निर्वाचन जेठ ३० गते हुने  छ ।  पार्टीको केन्द्रीय निर्वाचन तदर्थ समितिले राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय समितिको निर्वाचन कार्यपालिका तयार गरिसकेको छ । 

कार्य तालिकाअनुसार जेठ २८ गते दिनको १ बजे मतदाताको नामावली प्रकाशित, जेठ २९ गते बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने जसपा नेपालका केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् । 

बस्नेतले सोही दिन १२ बजेदेखि २ बजेसम्म मनोनयपत्र माथि पर्ने दाबी विरोध दर्ता गर्ने, जाँचबुझ गर्ने कार्य हुने र त्यसै दिन ४ बजेसम्म सोउपर निर्णय गरिने जानकारी दिए । 

उनका अनुसार जेठ ३० गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान कार्य हुनेछ । केन्द्रीय समितिको निर्वाचन सकिएपछि सबै पदको लागि मतगणना एकै पटक हुने सुमनको भनाइ छ ।

प्रकाशित मिति : २६ जेठ २०८१, शनिबार  १ : ०७ बजे

नारायणी किनार बाढीले बगरमा परिणत, स्थानीय भन्छन्- यतिठूलो पानी अहिलेसम्म देखेका थिएनौँ

काठमाडौं– असोज ११ गते नारायणी नदीमा आएको बाढीका कारण चितवनको

अमेरिका–इरान सम्झौतामा अझै मतभेद

न्युयोर्क- इरान र अमेरिकाबीच आठौँ महिनामा प्रवेश गरेको द्वन्द्व अन्त्य गर्दै

मार्तडी-कोल्टी सडकखण्ड : तीन महिनापछि खुलाउन  सुरु 

बाजुरा– पूर्वी–उत्तरी क्षेत्र जोड्ने मार्तडी–कोल्टी सडकखण्ड तीन महिनापछि खुलाउने काम

थुनिएको मर्स्याङ्दी नदी खुलाउन थालियो

मनाङ- अविरल वर्षापछि गत आइतबार घट्टेखोलामा लेदोसहितका ढुङ्गा, गिट्टी र बालुवाले

पदाधिकारी पदमुक्तिको कानुनी रिक्तता हटाउन विधेयक ल्याएका हौँ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सार्वजनिक पदाधिकारीको