जुम्लाको हिमा गाउँपालिका सञ्चार नीति ल्याउँदै « Khabarhub

जुम्लाको हिमा गाउँपालिका सञ्चार नीति ल्याउँदै


२६ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

जुम्लाहिमा गाउँपालिकाले सञ्चार नीति ल्याउने भएको छ । आगामी असार १० गते सञ्चालन हुने १६औँ गाउँसभाबाट सञ्चार नीति ल्याउने गाउँपालिकाले तयारी थालेको हो । 

यहाँका स्थानीय सञ्चारमाध्यमलाई राहतका लागि र आमजनतासम्म सत्यतथ्य सूचना प्रवाह गर्नका लागि गाउँपालिकाले सञ्चार नीति ल्याउने तयारी गरेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले बताए। 

नेपाल सरकारले संविधानमा व्यवस्था गरेअनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा व्यवस्था भएबमोजिम सञ्चार नीति ल्याउने गाउँ कार्यपालिकाबाट निर्णय भएको छ । 

स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यमलाई थप व्यवस्थित र मर्यादित गर्नका लागि आगामी १६औँ गाउँसभाबाट स्वीकृत हुनेगरि सञ्चार नीति ल्याउने निर्णय भएको गाउँपालिका अध्यक्ष शाहीको भनाइ छ । सञ्चार नीति तयार गर्नका लागि तीन सदस्य समिति गाउँपालिको तोकेको छ । समितिको संयोजकमा रतनबहादुर रावत तथा सदस्यमा नरसिंह थापा र वीरेन्द्रबहादुर बम रहेका छन्। 

सञ्चार नीति गाउँसभाबाट पारित भइसकेपछि कार्यविधि बनाई सञ्चारमाध्यमको वर्गीकरण गरी सूचना तथा सन्देश प्रसारण एवं प्रकाशनको काम गरिने भएको छ । सञ्चार नीति पारित भई कार्यान्वयन आए यहाँका विशेषगरी स्थानीय सञ्चारमाध्यमलाई सूचना प्रसारण तथा प्रकाशन गर्न सहज हुने गाउँपालिकाले जनाएको छ । 

सञ्चारनीतिलाई प्राथामिकतामा राखेर गाउँसभाबाट पारित भएमा जिल्लाका स्थानीय सञ्चारमाध्यमको विकासका लागि निकै टेवा पुग्ने रेडियो खुला आकाश जुम्लाका स्टेसन प्रबन्धक भीम कंसिगरले जानकारी दिए। 

प्रकाशित मिति : २६ जेठ २०८१, शनिबार  २ : ४६ बजे

प्रधानमन्त्रीसँग भेटेपछि राजदूत श्रीवास्तव भन्छन् : नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउने कुरा भयो

काठमाडौं- नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटेर

‘गौँथली’को बक्स अफिसमा तहल्का, २४ दिनमै २० करोड क्लब नजिक

काठमाडौं – डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौँथली’ले बक्स

एक्सट्रिम इनर्जी ड्रिंकको ‘स्क्यानमा सुन’ अभियान सम्पन्न, तीन विजेतालाई सुनको बल 

काठमाडौं- एक्सट्रिम इनर्जी ड्रिंकले विश्वकप फुटबल २०२६ को अवसरमा सञ्चालन

परमाणु सम्झौताबिनै इरानसँग युद्ध अन्त्य गर्न तयार हुँदै ट्रम्प, होर्मुज खोल्नुपर्ने शर्त

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग औपचारिक परमाणु सम्झौता नगरी

साउदीको रियादमा आगलागी हुँदा १६ बङ्गलादेशीको मृत्यु

ढाका- साउदी अरेबियाको राजधानी रियादस्थित एक सोफा कारखानामा भएको भीषण आगलागीमा