भागीबिहे गरेको भन्दै पाकिस्तानमा आफ्नै बाबुले गरे दुई छोरीको हत्या « Khabarhub

भागीबिहे गरेको भन्दै पाकिस्तानमा आफ्नै बाबुले गरे दुई छोरीको हत्या


२६ जेष्ठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रेम विवाह गरेको भन्दै पाकिस्तानमा आफ्नै बाबुले दुई जना छोरीको हत्या गरेका छन् ।

पाकिस्तानको पञ्जाब प्रान्तको वेहारी जिल्लामा सियाद हुसेन धादी नाम गरेका मानिसले प्रेम विवाह गरेको भन्दै दुई छोरीको हत्या गरेका  स्थानीय सञ्चार माध्यमले जनाएका छन्  ।

हत्या हुनेमा निशत र अफशान रहेको जनाइएको छ । धादीले आफ्ना छोरा असिम, र अरु आफन्तहरू अदनान, अफशाल र रियाजको सहयोगमा छोरीको हत्या गरेका हुन् ।

प्रहरी घटनास्थल पुग्दा त्यहाँ निशत र अफशानको शव रगतले लत्पतिएको अवस्थामा फेला परेको जनाइएको छ ।

हत्याराहरु भने घटनास्थलबाट फरार रहेकाले खोजी अभियान सञ्चालन गरेको र पछि सियादलाई भने पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । घटनास्थलमा फेला परेका शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल पुर्‍याइएको छ ।

स्थानीय स्रोतलाई उद्धृत गर्दै डनले उल्लेख गरेअनुसार दुई दिदीबहिनीले घरबाट भागेर आफ्नै मर्जीमा बिहे गरेका थिए ।

प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार  ५ : १५ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर