रेमिटेन्स रकमलाई भ्रष्ट नेताहरूले आफ्नो कालोधन साट्ने अस्त्र बनाए : प्रभु साह « Khabarhub

रेमिटेन्स रकमलाई भ्रष्ट नेताहरूले आफ्नो कालोधन साट्ने अस्त्र बनाए : प्रभु साह


२६ जेष्ठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले विदेश श्रमका लागि गएका श्रमिकको कुनै कारण हत्या भएको त्यसको जिम्मेवारी राज्यले लिनुपर्ने बताएका छन् ।

 रोजगारीका लागि नेपालबाट युवाहरु बिभिन्न देशमा पुगिरहेको र कतिपयको त्यहाँ हत्या हुने गरेको बताउँदै उनले त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताए । 

आजपा निकटको आईटी आर्मीको आज काठमाडौंमा बसेको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले नेपालमा युवाहरू स्वास्थ्य परिक्षण गरी रोजगारका लागि विदेश गइरहेको तर कतिपयको हत्या हुने गरेको बताए । 

योग्यता, क्षमता अनुसारको रोजगरी र पारिश्रमिक सरकारले उपलब्ध गराउन नसक्दा बाध्य भएर युवाहरू रोजगारको खोजी गर्दै खाडीमुलुक पुगिरहेको साहले बताए ।

नेताहरूकै संलग्नतामा वैदेशिक रोजगारीमा ठगी धन्दा चलिरहेको बताउँदै उनले त्यसको पर्दाफास आईटी आर्मीले गर्नुपर्ने बताए । 

‘वैदेशिक रोजगारीको ठगी धन्दामा केही चोर नेताहरूको संलग्नता छ । देश र जनताका लागि राजनीतिक गरिरहेको नाटक गरिरहेका र राज्यसत्ताको दुरुपयोग गर्दै ति चोर नेताहरू मोटाउने र सोझासाझा, निमुखा, गरिब मजदुर र युवाहरू मर्ने दिनको अन्त्य हुनुपर्छ । आईटी आर्मीले त्यस्ता चोर, फटाहा, राज्यसत्ताको दुरुपयोग गर्नेलाई जहाँको त्यही जनकारवाही गर्नुपर्छ’ अध्यक्ष साहले भने । 

नेपालमा भ्रष्टाचार, अनियमितता र लुटेर राखिएको कालोधनलाई रेमिटेन्ससंग साटेर विदेश लाने काम भइरहेको बताउँदै उनले यसबाट राज्यलाई अर्बौँ रकमको नोक्सानी भइरहेको छ । तर पनि सरकार यस्तो कालोधनलाई रेमिटेन्ससंग साटेर विदेश पठाउने हुन्डीकारोवारीलाई कारवाही गर्न सकिरहेको छैन् । हुन्डीकारोबारबाट नेपालमा रहेको कालोधनलाई रेमिटेन्ससंग साटेर विदेश गइरहेको आजपा अध्यक्ष साहले बताएका छन् । 

प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार  ७ : ४४ बजे

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड