सुन्दरहरैचामा सामुदायिक योजना प्रदर्शनी मेला « Khabarhub

सुन्दरहरैचामा सामुदायिक योजना प्रदर्शनी मेला


२६ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मोरङ – आवासका लागि सहयोग समूह ‘लुमन्ती’ को आयोजना तथा सुन्दरहरैंचा नगरपालिकाको सहकार्यमा सामुदायिक योजना प्रदर्शनी मेला सम्पन्न भएको छ।

विकासका लागि योजना निर्माण प्रक्रियामा सामुदायिक सहकार्य अन्तर्गत सुन्दरहरैचा ४ मा रहेको गोकर्ण रिसोर्टमा उक्त मेला सम्पन्न भएको हो । कार्यक्रममा नगरभित्र रहेका १२ वटै वडाहरुको योजना र प्रतिवद्धतामा हस्तारक्षर भएको छ।

लुमन्तीले सबै वडाहरुमा पुगेर योजनाको नाम सहित तयारी परेको र त्यहिँ योजनामा नगर प्रमुख केदार प्रसाद गुरागाई सहित १२ वटै वडाका अध्यक्ष तथा वडा सदस्यहरुको उपस्थितमा योजना प्रतिबद्धतामा हस्तारक्षर गर्न प्रदर्शनी मेला आयोजना गरिएको लुमन्तीकी कार्यक्रम संयोजक लक्ष्मी राई जानकारी दिईन ।

वडा अध्यक्ष तथा जनाप्रतिनिधहरुले पनि पुरा गर्न सकिने योजनामा हस्तारक्षर र पुरा गर्न लामो समय लाग्ने योजनामा नगर तथा वडामा छलफल गर्ने बताएका छन्। कार्यक्रममा प्रमुख अथिति रहेका नगर प्रमुख केदार प्रसाद गुरागाईले लुमन्तीले तयार पारेको योजनाहरुमा प्रतिबद्धता जनाउदै प्रय सबै योजना पुरा गर्न सकिने नै रहेको बताएका छन् ।

इच्छा गर्यो भने योजनाहरुमा प्रतिबद्धता पुरा गर्न नसक्ने भन्ने हुँदैन,नगर प्रमुख गुरागाईले भने, ‘धेरै त भावनात्मक पनि छ कति योजनाहरु त हामीले निरन्तर गरिरहेका छौ।’

वडा कार्यालयहरुमा मार्फद जुन ढंगले हामीले जनता सामु पुगेर योजनामा छलफल गर्नु पर्ने हो त्यो अलिक सुस्ताएको थियो तर यो काम लुमन्तीले गरेको भन्दै यी सबै प्रतिबद्धताहरु आफू पुरा गर्ने बताए। लुमन्ती र जागृति समूहले गाउ(गाउमा पुगेर विभिन्न समयुदयहरु सँग छलफल गरेर योजनाहरुको प्रदर्शनी मेला आयोजना गरेको भन्दै प्रसंशा गरेका थिए।

प्रकाशित मिति : २६ जेठ २०८१, शनिबार  ९ : ०९ बजे

पाल्पा जिप दुर्घटना अपडेट : मृतकमध्ये दुई जनाको सनाखत

तानसेन– पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा भएको जिप दुर्घटनामा मृत्यु भएका

हेटौँडामा खैरो हिरोइनसहित तीन जना पक्राउ

मकवानपुर– हेटौँडास्थित रातोमाटे प्रहरीले जाँच गर्ने क्रममा प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई

विचार र कार्यक्रममा छलफल गर्न नपाइने एमालेको महाधिवेशन

काठमाडौं– राजनीतिक दल तथा संगठनको महाधिवेशन भनेको सामान्यतया विकसित सन्दर्भमा

एमाले महाधिवेशन : प्रतिनिधिलाई भोटिङ मेसिनमा नमूना मतदान अभ्यास

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा