सुन्दरहरैचामा सामुदायिक योजना प्रदर्शनी मेला « Khabarhub

सुन्दरहरैचामा सामुदायिक योजना प्रदर्शनी मेला


२६ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मोरङ – आवासका लागि सहयोग समूह ‘लुमन्ती’ को आयोजना तथा सुन्दरहरैंचा नगरपालिकाको सहकार्यमा सामुदायिक योजना प्रदर्शनी मेला सम्पन्न भएको छ।

विकासका लागि योजना निर्माण प्रक्रियामा सामुदायिक सहकार्य अन्तर्गत सुन्दरहरैचा ४ मा रहेको गोकर्ण रिसोर्टमा उक्त मेला सम्पन्न भएको हो । कार्यक्रममा नगरभित्र रहेका १२ वटै वडाहरुको योजना र प्रतिवद्धतामा हस्तारक्षर भएको छ।

लुमन्तीले सबै वडाहरुमा पुगेर योजनाको नाम सहित तयारी परेको र त्यहिँ योजनामा नगर प्रमुख केदार प्रसाद गुरागाई सहित १२ वटै वडाका अध्यक्ष तथा वडा सदस्यहरुको उपस्थितमा योजना प्रतिबद्धतामा हस्तारक्षर गर्न प्रदर्शनी मेला आयोजना गरिएको लुमन्तीकी कार्यक्रम संयोजक लक्ष्मी राई जानकारी दिईन ।

वडा अध्यक्ष तथा जनाप्रतिनिधहरुले पनि पुरा गर्न सकिने योजनामा हस्तारक्षर र पुरा गर्न लामो समय लाग्ने योजनामा नगर तथा वडामा छलफल गर्ने बताएका छन्। कार्यक्रममा प्रमुख अथिति रहेका नगर प्रमुख केदार प्रसाद गुरागाईले लुमन्तीले तयार पारेको योजनाहरुमा प्रतिबद्धता जनाउदै प्रय सबै योजना पुरा गर्न सकिने नै रहेको बताएका छन् ।

इच्छा गर्यो भने योजनाहरुमा प्रतिबद्धता पुरा गर्न नसक्ने भन्ने हुँदैन,नगर प्रमुख गुरागाईले भने, ‘धेरै त भावनात्मक पनि छ कति योजनाहरु त हामीले निरन्तर गरिरहेका छौ।’

वडा कार्यालयहरुमा मार्फद जुन ढंगले हामीले जनता सामु पुगेर योजनामा छलफल गर्नु पर्ने हो त्यो अलिक सुस्ताएको थियो तर यो काम लुमन्तीले गरेको भन्दै यी सबै प्रतिबद्धताहरु आफू पुरा गर्ने बताए। लुमन्ती र जागृति समूहले गाउ(गाउमा पुगेर विभिन्न समयुदयहरु सँग छलफल गरेर योजनाहरुको प्रदर्शनी मेला आयोजना गरेको भन्दै प्रसंशा गरेका थिए।

प्रकाशित मिति : २६ जेठ २०८१, शनिबार  ९ : ०९ बजे

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड

बुढीगण्डकी बाढी : ५ जना सम्पर्कविहीन, ४७ जनाको हेलिकोप्टरबाट उद्धार

काठमाडौं– बुढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीले ठूलो क्षति पुर्‍याएको

बूढीगण्डकीमा बाढी : ४७ जनाको उद्धार, ५ जना सम्पर्कविहीन

काठमाडौँ – गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो

बूढीगण्डकी बाढीमा फसेकाको हेलिकोप्टरमार्फत उद्धार

गोरखा– बूढीगण्डकी नदीमा आएको बाढीमा परेर अलपत्र परेकाहरूको हेलिकोप्टरमार्फत उद्धार गरिएको