एमालेसँग एकताको सम्भावना छैन : माधव नेपाल « Khabarhub

एमालेसँग एकताको सम्भावना छैन : माधव नेपाल


२६ जेष्ठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा(एमाले)सँग तत्काल एकताको सम्भावना नरहेको बताएका छन् ।

पार्टीको कोशी प्रदेश कमिटीद्वारा आज आयोजित प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले राष्ट्रियतामाथि गहिरिँदै गइरहेको सङ्कटलाई समाधान गर्न देशका समाजवादी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिँदै समाजवादी मोर्चाको पुनःगठन गरेर अगाडि बढ्ने आफूहरूको रहेको उल्लेख गरे ।

अध्यक्ष नेपालले वर्तमान राजनीतिमा बढेको अस्थिरता, अविश्वासले प्रतिक्रियावादी शक्तिलाई हौसला दिएकाले परिवर्तनकारी शक्तिबीच सहकार्य तथा समन्वयको खाँचो औँल्याए ।

उनले मधेस सरकारमा मुख्यमन्त्रीको नेतृत्व गर्न पार्टीलाई प्रस्ताव आएको भए पनि केन्द्रमा एउटा र प्रदेशमा अर्को सरकारमा बस्नु नैतिक रूपमा उपयुक्त नहुने भएकाले त्यस्तो प्रस्ताव अस्वीकार गरेको जानकारी दिए ।

अध्यक्ष नेपालले समाजमा विधमान सबै प्रकारका भेदभावलाई न्यूनीकरण गरी मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरण गर्न सकिने बताए । एकीकृत समाजवादी सङ्घमा बनेको गठबन्धनमै बस्नुपर्ने अवस्था रहेको र प्रधानमन्त्री पुष्पकमल दाहालले सकारात्मक भूमिका खेलेको उनको भनाइ थियो ।

महाधिवेशन सफल पार्न पार्टी मातहतका कमिटीले तीव्रगतिमा कार्यसम्पादन गरिरहेको जानकारी दिँदै अध्यक्ष नेपालले राजनीतिक अन्तरविरोध कम गरी दस्तावेजलाई थप समृद्ध बनाउन मातहतका सबै कमिटीमा छलफल भइरहेको प्रष्ट पारे।

प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार  ९ : २२ बजे

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको

कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल