बाढीले कैलालीको जनजीवन प्रभावित « Khabarhub

बाढीले कैलालीको जनजीवन प्रभावित


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

टीकापुर– लगातार वर्षापछि आएको बाढीका कारण कैलालीको जनजीवन प्रभावित भएको छ ।

कैलालीको भजनीमा आइतबार राति बाढी बस्तीमा पसेपछि केही परिवार विस्थापित भएका छन् । पालिका र स्थानीय मिलेर जोखिम क्षेत्रका नागरिकलाई रातभरि हुलाकी सडक र उच्च भवनमा सारिएको छ ।

स्थानीय कृष्ण धमालाका अनुसार भजनीमा केही परिवार रातभरि बस्ती छोडेर सडकमा सरेका छन् । नदी तथा खोलामा पानी बढेपछि राति बस्तीमा रहेका मानिसहरु बालबच्चा र बस्तुभाउसहित हुलाकी सडकमा बसेका हुन् । बाढीले भजनीका सबैजसो वडामा डुबान भएको छ । वडा नम्बर ८ का सबै घर डुबानमा परेका छन् ।

बाढीका कारण विशेष गरी कैलालीको दक्षिण तथा पूर्वी क्षेत्र जलमग्न भएको छ । चुरेबाट बग्ने खोला र कर्णाली नदीमा पानीको सहत बढेपछि कैलालीको टीकापुर, भजनी, जानकी र जोशीपुरका तटीय क्षेत्रका बस्ती डुबानमा परेका हुन् ।

टीकापुर नगरपालिकाका केही परिवार विस्थापित भएका छन् । विपद् व्यवस्थापन शाखाका प्रमुख निर्मला चौधरीले पथरैया नदीमा आएको बाढीले वडा नम्बर ६ का पर्सेनी, भर्तापुर, भगवानपुरका ६५ घर डुबानमा परेकाले ती घरका मानिसलाई उद्धार गरी उच्च घरमा सारिएको जानकारी दिइन् । कर्णाली नदीमा पानीको सहत बढेमा टीकापुरका वडा नं २, ५, ७ र ८ डुबानको जोखिममा पर्दछन् ।

त्यस्तै जोशीपुर गाउँपालिकामा पनि लगातारको वर्षापछि जलमग्न भएको छ । भित्तरीयामा काडा नदीको पानी पसेर डुबान भएकोे जोशीपुर गाउँपालिका विपद् व्यवस्थापन शाखा प्रमुख सीता सिंहले बताइन् ।

जानकीका अधिकांश वडा जलमग्न भएका छन् भने केही घरपरिवा विस्थापित भएका छन् । विपद् व्यवस्थापन शाखा प्रमुख नेत्रप्रसाद जैसीले वडा नं ४ र ७ का धेरै बस्ती डुबानमा परेको बताए ।

बस्तीमा बाढी पस्न थालेपछि यस क्षेत्रका पालिकाहरुले नाला सरसफाइजस्ता कार्यमा तीव्रता दिएका छन् । जमेका ढल खोल्ने, डुबान क्षेत्रमा पानीको निकास गर्नेलगायतका कार्यमा खटेका छन् ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले वर्षाका कारण जिल्लाका विभिन्न स्थान जलमग्न भएको र क्षति न्यूनीकरण गर्ने गरी टिम परिचालन गर्न निर्देशन दिएको बताए ।

कैलालीको मोहना नदीमा जलसतहले सतर्कता तह पार गरेको छ । मालाखेती जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको हो ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ९ : ५० बजे

निर्वाचनको वातावरण बनाउन जनतालाई अपिल गर्दै सरकारलाई दबाब दिन्छौँ : प्रचण्ड 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको वातावरण

लुम्बिनीले टस जित्यो, काठमाडौंलाई पहिला ब्याटिङको निम्तो

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु

ताप्लेजुङ– ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ लिङखिमका एक व्यक्तिको घाँस काट्ने क्रममा

५ अंकले बढ्यो नेप्से, १२५ वटा कम्पनीको सेयर मूल्यमा भने गिरावट

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.३२ अंकले बढेको छ

बुर्का लगाएर विरोध गरेकी अस्ट्रेलियाली सिनेटर निलम्बित

एजेन्सी– राष्ट्रिय स्तरमा बुर्का प्रतिबन्धका पक्षमा सक्रिय रूपमा अभियान चलाउँदै