दोधारा–चाँदनीलगातका बस्ती डुबानमा, १६ सय बढी प्रभावित « Khabarhub

दोधारा–चाँदनीलगातका बस्ती डुबानमा, १६ सय बढी प्रभावित


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर–  लगातारको वर्षापछि आएको बाढीले कञ्चनपुरका केही बस्ती डुबानमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बाढीले अधिकांश भूभागलाई प्रभावित बनाएको छ । महाकाली र जोगबुडा नदीमा आएको बाढी बस्तीमा पसेपछि दोधारा–चाँदनी नगरपालिका–१० का तीन बस्ती डुबानमा परेका छन् । जोगबुडा पारीको कुतियाकभर तथा वारीका शान्ति टोल र लिसानी टोल डुबानमा परेका हुन् ।

त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर नगरपालिका र दक्षिणी क्षेत्रका अधिकांश बस्तीमा बाढी पसेको छ ।

अत्यधिक वर्षाले महेन्द्रनगर, लालझाडी पुनर्बास र बेलडाँडी  लगायत  क्षेत्रका धेरै स्थानमा घर तथा बस्ती डुबानमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले  जिल्लाभर बाढीबाट प्रभावित एक हजार ६ सय २२ जना को उद्धार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिए । डुबानबाट प्रभावित भएकालाई नजिकैको विद्यालय र आफन्तकोमा सारिएको छ ।

वर्षाले पुनर्वास–धनगढी हुलाकी मार्गको सिमरी क्षेत्रमा दोदा नदी पस्दा बेलौरी – पुनर्वास र धनगढीबीच आवतजावत बन्द भएको छ ।

यस्तै जिल्लाको दक्षिणी क्षेत्र चौधर नदी बेलडाँडी गाउँपालिका– ५ इमलियामा पस्दा बेलडाँडी गाउँपालिका–३ , ४, ५ र बेलौरी नगरपालिका– १० क्षेत्र डुबानको जोखिममा परेका छन् । चौधर नदीको पानी नहरको ड्याम माथिबाट बग्न थालेपछी उक्त क्षेत्रका बासिन्दा त्रसित बनेका छन् ।

जल तथा मौसम विज्ञान विभागले कञ्चनपुरमा बाढीको ‘अति उच्च जोखिम’ रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।विभागको मौसम पूर्वानुमान महाशाखाले हाल सुदूरपश्चिम प्रदेशका अधिकांश भूभागमा शक्तिशाली मौसमी प्रणाली विकसित भएको र उत्तरतर्फ फैलिने क्रममा रहेको जनाएको छ ।
लगातार वर्षा भइरहेकाले जोखिम हुनसक्ने भन्दै सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

निरन्तर वर्षा भइरहेका कारण अझै केही परिवार विस्थापित हुने अवस्थामा पुगेको जनाइएको छ । 

जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले वर्षा मापन भएको कञ्चनपुरको दोधार चाँदनीमा यसवर्ष सबैभन्दा बढी वर्षा मापन भएको जनाएको छ । महाकाली नदीपारीको दोधारा चाँदनीमा पछिल्लो २४ घण्टामा पाँच सय ७३ मिलिमिटर वर्षा मापन भएको छ ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  १० : ५८ बजे

महाकालीको भत्किएको झोलुङ्गे पुल पुनर्निर्माण गर्न लेखकको सरकारसँग आग्रह

कञ्चनपुर– नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक महाकाली नदीमाथिको

नेपाल विज्ञापन संघद्वारा ‘कृति इग्नाइट’मार्फत १३औँ कृति अवार्ड्सको उद्घाटन

काठमाडौं– नेपाल विज्ञापन संघ (आन) ले आयोजना गरेको रेडबुल १३औँ 

नेकपा केन्द्रीय संयोजन समितिको बैठक

काठमाडाैँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय संयोजन समितिको बैठक जारी

एआईजी दाहालले संवेदनशील सूचना चुहाएको पुष्टि : गृहमन्त्रीको हातमा पुगेको छानविन प्रतिवेदनमा के छ ?

काठमाडौँ – सशस्त्र प्रहरी बलका निलम्बित प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)

हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

हुम्ला– चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा