रसिया भ्रमणमा निस्किए भारतीय प्रधानमन्त्री मोदी, पुटिनसँग वार्ता गर्ने « Khabarhub

रसिया भ्रमणमा निस्किए भारतीय प्रधानमन्त्री मोदी, पुटिनसँग वार्ता गर्ने


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- तेस्रो कार्यकाल प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रसिया भ्रमणमा निस्किएका छन् ।

नयाँ दिल्लीबाट मस्कोतर्फ प्रस्थान गर्नुअघि उनले सामाजिक सञ्जाल एक्समा निकट मित्र भ्लादिमिर पुटिनसँग आपसी सहयोगको अवस्थाबारे समीक्षा गरिने बताएका छन् ।

मस्कोतिर उड्नुअघि उनले आफ्ना मित्र राष्ट्रपति भ्लादिमिर पुटिनसँग द्विपक्षीय सहयोगका सबै पक्षहरूको समीक्षा गर्न उत्सुक रहेको बताएका छन् । रूसका अलावा मोदी अस्ट्रिया भ्रमणमा पनि जाने छन् ।

मोदी सोमबार मस्कोतिर जानुअघि अमेरिकासँग भारतको सम्बन्ध चिसिँदै गएको छ । अमेरिकाले कयौँ भारतीय हिरा व्यापारीको अर्बौं डलर रुपैयाँ फ्रीज गरिदिएको छ । यसका कारण दुई देशबीचको सम्बन्धमा तनाव देखिएका बेला मोदी रूस निस्किएका हुन् । उनी मस्कोबाट सिधै अस्ट्रियाको भियान पुग्नेछन् ।

यो भ्रमणअघि मोदीले भारत-रूसबीच सम्बन्धका कयौँ पक्षबारे प्रकाश पार्ने कोसिस गरेका छन् । उनले दुई देशबीच विशेष रणनीतिक साझेदारी पछिल्ला १० वर्षमा तीव्र गतिमा अघि बढेको बताएका छन् ।

मोदीले अस्ट्रियालाई पनि भारतको दृढ र विश्वसनीय साझेदार भनेका छन् । मोदी २२ औँ भारत-रूस वार्षिक शिखर सम्मेलनका लागि दुई दिवसीय मस्को यात्रामा निस्किनुअघि सैनिकको समाधिमा पुष्पाञ्जलि अर्पित गर्न पुगे ।

प्रधानमन्त्री मोदी तीन दिन रूस र अस्ट्रियामा रहनेछन् । उनको यो यात्राले यी दुई देशसँग भारतको सम्बन्ध अझै बलियो बनाउने विश्वास गरिएको छ । मोदीले यी दुई देशमा रहने भारतीय समुदायसँग पनि संवाद गर्ने बताएका छन् ।

रसियाले युक्रेनमा आक्रमण गरेको दुई वर्ष भइसकेको छ । यस्तोमा चीन र भारत पछिल्लो समय रसियाका बलिया साझेदार भएका छन् ।

भारतले रसियाबाट कच्च तेल आयात गरेर प्रशोधनपछि युरोपेलीसहितका तेस्रो देशमा बेच्दै आएको छ । अर्कातिर भारतले रसियाबाटै हिरा आयात गरेर प्रशोधनपछि अमेरिकासहित देशमा बेचिरहेको छ ।

पश्चिमा देशको दबाबका बावजुद युक्रेन युद्धमा रसिया तनावमा रहेका बेला भारतले पेट्रोलियम र हिरा जस्ता अर्बौं डलरका सामान किनेर अर्थतन्त्र टिकाइरहन मद्दत गर्दै आएको छ । यसका लागि अमेरिकाले भारतलाई उक्त कदम रोक्न दबाब दिने गरेको छ ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  १ : ०८ बजे

एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने 

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन

आँखा उपचार केन्द्रलाई दुई करोड बढीको उपकरण हस्तान्तरण

सर्लाही– आँखा उपचार केन्द्र लालबन्दीलाई लायन्स क्लब इन्टरनेसनलले रु दुई

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

महोत्तरी– प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

सालका रूखमा महामारी, ‘मथ’ पुतलीले पात सखाप

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका

१० वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले