बिलबीजक नभएको एक करोड ८९ लाख बराबरका सामान बरामद | Khabarhub Khabarhub

बिलबीजक नभएको एक करोड ८९ लाख बराबरका सामान बरामद


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


993
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– पर्सा प्रहरीले बिलबीजक नभएको एक करोड  ८९ लाख ५० हजार छ सय २२ मूल्य बराबरका सामानसहित दुई वटा ट्रक नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले वीरगञ्ज महानगरपालिका–२५ स्थित एकीकृत जाँचचौकी नजिकै सडकमा रोकिराखेका दुई वटा ट्रकबाट हार्डवेयर र मोटरपार्टस् बरामद गरेको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले दुई वटा मालबाहक ट्रकबाट बरामद भएका हार्डवेयर र मोटरपार्टस् आजै कानुनी प्रक्रिया पुर्‍याएर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको बताए।

प्रहरीले ना ६ ख ४०५८ र ना ३ ख १८७ नं को दुई वटा ट्रकबाट सो समान बरामद गरेको हो । 

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  १ : १८ बजे

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड