भाडाको फ्ल्याटबाट तस्करी- करोडौँको सुनचाँदी र ५८ लाख बरामद, सुन पगाल्ने मेशिन पनि भेटियो « Khabarhub

भाडाको फ्ल्याटबाट तस्करी- करोडौँको सुनचाँदी र ५८ लाख बरामद, सुन पगाल्ने मेशिन पनि भेटियो


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


7.7k
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुरमा अवैध रुपमा सुनचाँदीको कारोबार गरिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका-१४ ताल्छिखेलस्थित एक निर्माणाधीन घरको तेस्रो तलामा अवैध शंकास्पद कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी वृत्त सातदोबाटोको टोलीले छापा मारेको थियो ।

उक्त घरमा छापा मार्ने क्रममा प्रहरीले भारतीय नागरिक युवराज विभुतेले भाडामा लिएको फ्ल्याटबाट ६ जना समातिएका हुन् ।

प्रहरीले खानतलासीका क्रममा पक्राउ परेकाहरूलाई सोधपुछ गर्दा काठमाडौं र ललितपुरका अन्य स्थानमा पनि फ्ल्याट भाडमा लिएर अवैध कारोबार गरेको भेटिएको छ ।

प्रहरीले उक्त घरबाट १ किलो ५८७.५१ ग्राम अवैध सुन पनि बरामद गरेको छ । त्यसैगरि उक्त घरबाट १ किलो १५३.२२ ग्राम चाँदी पनि बरामद भएको छ । बरामद उक्त धानु परीक्षण गर्दा असली सुनचाँदी पुष्टि भएको प्रहरीले जनाएको छ ।

उक्त घरबाट अवैध सुनचाँदीसँगै प्रहरीले नेपाली रुपैयाँ ५८ लाख ३५ हजार ५६० र भारतीय रुपैयाँ ८ हजार ५५० पनि बरामद गरेको छ ।

को को पक्राउ परे ?

उक्त घरको फ्ल्याटमा मुख्य कारोबारीका रुपमा रहेका भारतको महाराष्ट्रस्थित साङ्ले जिल्ला, आडवारी थाना घर भई ललितपुर-१४ ताल्छिखेल बस्ने २८ वर्षीय युवराज विभुते पक्राउ परेका छन् ।

त्यसैगरी युवराजकै साथीहरू महाराष्ट्र निवासी २० वर्षीय भारतीय नागरिक विक्रम यलवर, १८ वर्षय अभिषेख विभुते पनि पक्राउ परेका छन् । त्यसैगरी भारतको महाराष्ट्र राज्यस्थित सोलारपुर घर भई काठमाडौंको टोखा नगरपालिका-५ मैत्रीचोक aस्ने वर्ष २१ को विजय सम्पत पनि पक्राउ परेका छन् ।

प्रहरीले उक्त गिरोहमा संलग्न भक्तपुरको सूर्यविनायक नगरपालिका-१ विरुवा बस्ने बर्ष २० को सिध्दान्त चौलागाईँ, ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ८ बस्ने २० वर्षीय यशवन्त सुनारलाई पनि पक्राउ गरेको छ ।

उक्त घरको फ्ल्याटबाट प्रहरीले सुनचाँदी र नगदबाहेक डिजिटल तराजु एउटा, तौल गर्ने मेसिन तीनवटा, तौल नाप्ने ढक ५ वटा र रवर छाप एउटा बरामद गरेको छ ।

त्यसैगरी प्रहरीले सुन पगाल्ने मेशिन २ वटा पनि बरामद गरेको छ । सुनको गुणस्तर परीक्षण गर्न प्रयोग हुने करात मिटर लेखिएको मेसिन एउटा र पैसा गन्न प्रयोग हुने मेसिन एउटा पनि बरामद भएको छ ।

प्रहरीले विभिन्न कम्पनीका ८ वटा मोबाइल र र नोकिया कम्पनीको किप्याडवाला कालो मोबाइल पनि एउटा बरामद गरेको छ ।

उक्त फ्ल्याटबाट प्रहरीले कालो रंगको धातुको धुलो पदार्थ ३०.२० ग्राम भएको पनि प्रहरीले जानकारी दिएको छ । त्यसैगरि सेतो रड जस्तो धातु एउटा र तामाको जस्तो तार ५८० ग्राम बरामद भएको छ ।

प्रहरीले ल्याप्टप, हार्ड डिस्क, पेनड्राइभ र नेट्वर्क भिडियो रेकर्डर ओझुआ लेखिएको कालो बाकस एकथान र नेटिस लेखिएको अर्को बाकस पनि बरामद भएको जनाएको छ ।

फ्ल्याटबाट सिमकार्ड, चेकबुक, बैंकमा नगद जम्मा गरेको भौचर, हिसाब रहेका डायरी र कपी ४ वटा, विभिन्न बिलभरपाईहरू ३० पना, अन्य कागजात ८ पाना पनि बरामद भएको ललितपुर प्रहरी परिसरले जानकारी दिएको छ ।

त्यस्तै सुन कारोबारी युवराज विभुतेको नामको चेक चारथान, सहकारीको पासबुक ७ थान, भन्सार कार्यालयको रसिद ४ पाना, बिल ठेली २ बुक पनि बरामद भएको छ ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  २ : ४८ बजे

पाकिस्तानमा ७६३ अफगान कैदी रिहा, ३७ सय शरणार्थी स्वदेश फिर्ता

एजेन्सी– पाकिस्तानले गत हप्तामा मात्र ७६३ अफगान कैदीहरूलाई जेलबाट मुक्त

आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षभित्र मुलुकको कुल जडित विद्युत् उत्पादन

‘पार्टी शुद्धीकरण र पुनर्गठन’का लागि एमालेले थाल्यो सुझाव संकलन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण

जिरी–४ का जिरेल महिलालाई नौमती बाजा बजाउने तालिम

दोलखा– जिल्लाको जिरी नगरपालिका–४ मा जिरेल महिला समूहका ११ जना

युद्धविरामकैबीच दक्षिणी लेबनान खाली गर्न इजरायलको चेतावनी

काठमाडौं– इजरायली सेनाले दक्षिणी लेबनानका करिब २० वटा सहर तथा