कांग्रेस-एमालेको समीकरणले राजनीतिक स्थिरता हुनेमा शंका नै छ : माओवादी « Khabarhub

कांग्रेस-एमालेको समीकरणले राजनीतिक स्थिरता हुनेमा शंका नै छ : माओवादी


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद पूर्ण बहादुर घर्तिले कांग्रेस–एमालेको समीकरणले देशमा राजनीतिक स्थिरता हुनेमा शंका नै रहेको बताएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा घर्तिले यसअघि स्थायित्वको नाममा संविधान विघटन भएको भन्दै अव बन्ने सरकारले देशमा राजनीतिक स्थिरता हुनेमा शंका नै रहेको बताएका हुन् । 

राजनीतिक स्थिरताका लागि संविधानमा सुधार गर्ने भनिएतापनि संविधान भन्दा पनि दलका नेताहरूको प्रवृत्तिमा सुधार गर्नुपर्ने उनले बताए । सांसद घर्तिले राजनीतिक परिर्वतनसंगै चिन्तनमा रहेको सामन्ती संस्कारलाई संशोधन गरेमात्रै देशले समृद्धिको खाका कोर्न सक्ने धारणा राखे । उनले संविधान संशोधनका नाममा यसको मूल मर्मलाई असर गर्ने काम गर्न नहुनेमा जोड दिए ।

संसदीय प्रणालीमा सरकार र कुर्सी फेरबदल हुनु स्वभाविक रहेको भन्दै दलहरूको क्रियाकलाप देशको हितमा छ वा छैन भन्ने महत्वपूर्ण रहेको उनले बताए । 

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  २ : ५६ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई