कांग्रेस-एमालेको समीकरणले राजनीतिक स्थिरता हुनेमा शंका नै छ : माओवादी | Khabarhub Khabarhub

कांग्रेस-एमालेको समीकरणले राजनीतिक स्थिरता हुनेमा शंका नै छ : माओवादी


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेकपा माओवादी केन्द्रका सांसद पूर्ण बहादुर घर्तिले कांग्रेस–एमालेको समीकरणले देशमा राजनीतिक स्थिरता हुनेमा शंका नै रहेको बताएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा घर्तिले यसअघि स्थायित्वको नाममा संविधान विघटन भएको भन्दै अव बन्ने सरकारले देशमा राजनीतिक स्थिरता हुनेमा शंका नै रहेको बताएका हुन् । 

राजनीतिक स्थिरताका लागि संविधानमा सुधार गर्ने भनिएतापनि संविधान भन्दा पनि दलका नेताहरूको प्रवृत्तिमा सुधार गर्नुपर्ने उनले बताए । सांसद घर्तिले राजनीतिक परिर्वतनसंगै चिन्तनमा रहेको सामन्ती संस्कारलाई संशोधन गरेमात्रै देशले समृद्धिको खाका कोर्न सक्ने धारणा राखे । उनले संविधान संशोधनका नाममा यसको मूल मर्मलाई असर गर्ने काम गर्न नहुनेमा जोड दिए ।

संसदीय प्रणालीमा सरकार र कुर्सी फेरबदल हुनु स्वभाविक रहेको भन्दै दलहरूको क्रियाकलाप देशको हितमा छ वा छैन भन्ने महत्वपूर्ण रहेको उनले बताए । 

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  २ : ५६ बजे

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बिहीबार बस्दैछ । बैठक

सरकार उपभोक्ताको कि चिकित्सकको ?

काठमाडौँ – विश्व उपभोक्ता दिवसको अवसर पारेर नेपालमा वि.सं. ०८१

हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गुरु पूर्णिमाको  शुभकामना व्यक्त गर्दै

चारआना, चारपाङ्ग्रे र चाकरीको चकचकी

आँगनमा चारो टिप्दै गरेको कुखुरा हेरेर टोलाइरहेको एउटा मनोरोगी गम्न

बाढीले रसुवाको टिमुरे भन्सार क्षेत्र ध्वस्त (तस्बिरहरू)

काठमाडौं– मंगलबार बिहान रसुवामा एक्कासी आएको बाढीले ठूलो जनधनको क्षति