प्रभाषको ‘कलकी २८९८ एडी’ले पूरा गर्‍यो ५०० करोडको आकंडा  « Khabarhub

प्रभाषको ‘कलकी २८९८ एडी’ले पूरा गर्‍यो ५०० करोडको आकंडा 


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण भारतीय अभिनेता प्रभाषको मुख्य भूमिका रहेको फिल्म ‘कलकी २८९८ एडी’ले ५०० करोडको आकंडा पार गरेको छ । प्रदर्शनको बाह्रौं दिनमा पनि घरेलु बजारमा यसको व्यापारमा कमी आएको छैन । 

फिल्मले एघारौँ दिन आइतबार ४४.३५ करोड ग्रस कलेक्सन गरेको थियो । योसँगै यस फिल्मको ग्रस कलेक्सन ५१० करोड पुगेको हो । 

छोटो समयमा  ५०० करोडको व्यापार गर्ने यो चौथो भारतीय फिल्म बनेको छ । ‘बहुबली २’ले सात दिन, केजीएफ २ ले आठ, आरआरआरले आठ दिनमा यो आकंडा पार गरेका थिए । 

यो फिल्मले शाहरुख खानको फिल्म ‘जवान’को रेकर्ड छिट्टै तोड्ने अनुमान गरिएको छ । जवानले विश्वभरबाट १,१६० करोडको व्यापार गरेको थियो, जुन शाहरुखको सबैभन्दा बढी व्यापार गर्ने फिल्म हो । 

‘कलकी २८९८ एडी’ एघारौं दिनमै ९१० करोड ग्रस कलेक्सन गरेको छ । अबको केही दिनमै यो फिल्मले जवानको रेकर्ड तोड्ने अनुमान गरिएको छ । 

यस फिल्ममा प्रभाषसहित अमिताभ बच्चन, दीपिका पादुकोणको समेत मुख्य भूमिका रहेको छ । यस फिल्मका लेखक र निर्देशक नाग आश्विन हुन् ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ३ : ३४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको