कर्णाली राजमार्ग चार दिनदेखि अवरुद्ध « Khabarhub

कर्णाली राजमार्ग चार दिनदेखि अवरुद्ध


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


774
Shares
  • change font
  • change font
  • change font

मान्म– वर्षाका कारण कर्णाली राजमार्ग चार दिनदेखि अवरुद्ध छ । कालिकोटको शुभकालिका गाउँपालिका–१ गगनेखोलामा गएको  पहिरो अझै पन्छाउन सकिएको छैन ।

यसैगरी कर्णाली राजमार्गको एसमोड, हुल्मबजार, सेरिघाट, खाँडाचक्र नगरपालिका–४ मा पर्ने छेका, वडा नं ६ मा पर्ने मोल्फाबजार र तिलागुफा नगरपालिका–६ मा पर्ने टिमुरे भीरमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिए। 

पहिरोको जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा जान अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए।

‘केही ठाउँमा घर भत्किएको खबर आएको छ’, उनले भने–’बाढी पहिरोको जोखिम रहेका बस्ती सुरक्षित ठाउँमा सार्ने काम भइरहेको छ ।’

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ३ : ५६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया