फिल्म 'मोदीबेनी'को गीत 'मन्जुरी'मा वर्षासँग अमरको रोमान्स | Khabarhub Khabarhub

फिल्म ‘मोदीबेनी’को गीत ‘मन्जुरी’मा वर्षासँग अमरको रोमान्स


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


855
Shares
  • change font
  • change font
  • change font

काठमाडौं श्रावण १८ गते रिलिज हुने नेपाली फिल्म ‘मोदीबेनी’को पहिलो गीत सार्वजनिक भएको छ। सुन्धारास्थित हलमा सोमबार एक कार्यक्रमको आयोजना गरी ‘मन्जुरी’ शीर्षकको गीत सार्वजनिक गरिएको हो । 

गीतमा नायिका वर्षा सिवाकोटी र नव नायक अमर प्रताप श्रेष्ठलाई रोमान्टिक भावमा देख्न सकिन्छ । उनीहरूको प्रेमको सुरुवात र रोमान्स भिडियोमा देख्न सकिन्छ ।

यो गीतमा एसडी योगी र विज्ञान पराजुलीको आवाज रहेको छ । यो गीतको सङ्गीत एसडीले नै गरेका छन् भने राम अविरल बिस्टले शब्द रचना गरेका छन्। सङ्गीत निर्माता रिकेश गुरुङ हुन्।

नव नायक श्रेष्ठले अनुभवी नायिकासँग सहकार्य गर्दा धेरै कुरा सिक्ने अवसर मिलेको बताए । साथै, उनले  कलासहितको अभिनेता बन्ने लक्ष्य रहेको सुनाए । 

नायिका वर्षाले नायक अमरको कामको तारिफ गरिन् । यस फिल्मबाट आफू निकै आशावादी रहेको बताइन् । 

कार्यक्रममा चलचित्रका निर्देशक शङ्कर कोइराला, निर्माताद्वय दिलीप केसी र हरि श्रेष्ठ, चलचित्रका अन्य कलाकारहरू सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, सुब्रतराज आचार्य लगायतको उपस्थिति थियो । 

हेर्नुहोस् गीत :

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ४ : ११ बजे

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून

कप्तान गिलको कीर्तिमानी दोहोरो शतक : के-के बने रेकर्ड ?

बर्मिङघम – कप्तान शुभमन गिलको सानदार दोहोरो शतकपछि भारतले इङ्गल्यान्ड

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

काठमाडौं– विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पनेको