रूसद्वारा युक्रेनी बाल अस्पतालमा आक्रमण, २० जनाको मृत्यु « Khabarhub

रूसद्वारा युक्रेनी बाल अस्पतालमा आक्रमण, २० जनाको मृत्यु


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


654
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रूसी क्षेप्यास्त्र युक्रेनको राजधानीस्थित एक बाल अस्पतालमा ठोक्किएको छ । 

 मध्य युक्रेनी शहर क्राइभी रिहमा भएको आक्रमणमा १० जनाको मृत्यु भएको र ३१ जना घाइते भएको नगर प्रशासनका प्रमुख ओलेक्ज्यान्डर विल्कुलले बताए। 

केही महिनायता किएभमा भएको यो सबैभन्दा ठूलो बमबारी थियो । युक्रेनी वायु सेनाका अनुसार दिनदहाडै गरिएको आक्रमणमा रूसको सबैभन्दा अत्याधुनिक हतियारमध्ये एक किन्झाल हाइपरसोनिक क्षेप्यास्त्र पनि प्रयोग भएको अधिकारीहरूले बताएका छन् । 

किन्झाल तीव्र गतिमा अर्थात् ध्वनिको १० गुणा बढी गतिमा उड्ने भएकोले यसलाई रोक्न गाह्रो हुन्छ । विस्फोटका कारण शहरका भवनहरू हल्लिएका थिए ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले विभिन्न प्रकारका ४० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेर अपार्टमेन्ट भवन र सार्वजनिक संरचनामा प्रहार गरेको बताएका छन् । 

किएभ शहर प्रशासनले केही क्षेत्रमा क्षेप्यास्त्रबाट खसेको भग्नावशेष खसेको र आगो लाग्न थालेको जनाएको छ । किएभका धेरै इलाकाहरूबाट धुवाँको बाक्लो मुस्लो उठेको थियो ।

युक्रेनको राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री यर्मलले शहरका सडकमा धेरै मानिस भेला भइरहेका बेला आक्रमण भएको बताएका छन् ।

कीभका मेयर भिटाली क्लिट्स्कोले आक्रमणको परिणामबारे आधिकारिक आँकलन भइरहेको बताए  । युक्रेनको मध्य निप्रोपेत्रोभ्स्क क्षेत्रमा पनि स्थानीय अधिकारीहरूले विस्फोटको खबर दिएका छन् ।

युक्रेनलाई गठबन्धनको अटुट समर्थनबारे कसरी आश्वस्त पार्ने र दोस्रो विश्वयुद्धपछिको युरोपको सबैभन्दा ठूलो द्वन्द्वबाट युक्रेन कसरी गुज्रन सक्छ भन्ने आशा जगाउने उद्देश्यका साथ वासिङ्टनमा हुने नेटोको तीन दिने शिखर सम्मेलनको पूर्वसन्ध्यामा यो आक्रमण भएको हो ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ४ : ३८ बजे

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर

कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

विराटनगर- कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका