इन्डोनेसियामा बाढी पहिरोबाट ११ जनाको मृत्यु, १७ जना बेपत्ता « Khabarhub

इन्डोनेसियामा बाढी पहिरोबाट ११ जनाको मृत्यु, १७ जना बेपत्ता


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इन्डोनेसियाको गोरोन्टालो प्रान्तको बोन बोलान्गो रिजन्सीमा सुनको खानीमा ठोक्किएको पहिरो र आकस्मिक बाढीबाट प्रभावित भई मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । 

साथै १७ जना बेपत्ता भएको विपद् व्यवस्थापन निकाय एक वरिष्ठ अधिकारीले सोमबार बताएका छन् ।

भारी वर्षाले शनिबार मध्यरातमा रिजेन्सीमा अवस्थित खानीमा पहिरो तथा आकस्मिक बाढी निम्त्याएकाले खनिक शिविरहरूमा ठोक्काउँदा तिनीहरूलाई बगाएको क्षेत्रीय विपद् व्यवस्थापन निकायको परिचालन एकाइका प्रमुख अच्रिल बेबीओङ्गोले बताए। 

यस अभियानमा स्थानीय खोजी तथा उद्धार विभागका करिब १८० जना कर्मचारी, सैनिक, प्रहरी र विपद् एजेन्सीका कर्मचारीहरू संलग्न रहेको बेबीओङ्गोलको भनाइ छ ।

गोरोन्टालो खोजी र उद्धार टोलीका प्रमुख हेरियान्तोले सोमबार खनन स्थलको दुर्गम स्थान र चुनौतीपूर्ण सडक अवस्थाले खोजी प्रयासमा बाधा पुर्‍याएको बताउँदै भाँचिएका पुलहरूका कारण सवारी साधनहरूद्वारा दुर्गम थिए र पैदल यात्रा आवश्यक भएको बताए ।  

क्षेत्रीय विपद् व्यवस्थापन एजेन्सीले  पाँच उप–क्षेत्रका २८८ घरहरू प्रभावित भएको र मुख्यतया माटो र भग्नावशेषले भरिएको जनाएको छ भने प्रकोपबाट कम्तीमा एक हजार २९ जना  प्रभावित भएका छन् । 

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ५ : १७ बजे

भौगर्भिक सम्मेलनद्वारा प्राकृतिक स्रोतको दिगो व्यवस्थापनमा जोड

काठमाडौँ– १२ औँ अन्तर्राष्ट्रिय भौगर्भिक सम्मेलनले हिमालयन भूविज्ञानको विकास, विपद्

पर्सामा एक महिनामा ११८ अपराधका उजुरी, १२२ जना पक्राउ

वीरगञ्ज– गत कात्तिक महिनामा पर्सा जिल्लामा ११८ वटा अपराधका घटनासम्बन्धी उजुरी

राइजिङ स्टार्स एसिया कपमा नेपालले आज यूएईसँग खेल्दै

काठमाडौँ – एसीसी एसिया कप राइजिङ स्टार्स  क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले

चिसो बढेसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढ्दो

सोलुखुम्बु– यस वर्षको हिउँदको चिसो बढ्दै गएसँगै हवाई मार्गबाट सगरमाथा

सन्तानेश्वर मन्दिर संरक्षण र पूर्वाधार विकासको पर्खाइमा

नेपालगन्ज– बाँकेको नरैनापुर गाउँपालिका–५ स्थित सन्तानेश्वर महादेव मन्दिर धार्मिक तथा