विद्युत महशुल वृद्धिको विरोधमा पाकिस्तानमा प्रदर्शन | Khabarhub Khabarhub

विद्युत महशुल वृद्धिको विरोधमा पाकिस्तानमा प्रदर्शन


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी आर्थिक वर्षका लागि सरकारले कर तथा विद्युत् महशुल वृद्धि गरेको भन्दै पाकिस्तानका विभिन्न शहरमा प्रदर्शन गरिएको छ । 

राजधानी इस्लामावादमा व्यापारीहरुले आबपारा चोकमा प्रदर्शन गर्दै मुख्य सडकमा चक्काजाम गरेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार अन्जुमनताजिरानको आह्वानमा आयोजना गरिएको प्रदर्शनलाई प्रहरीले हस्तक्षेप गरी प्रदर्शनरत भिडलाई तितरबितर पारेको छ ।

सरकारविरोधी नारा लगाउँदै प्रदर्शनकारीले विद्युत महशुल वृद्धिको विरोध गरेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । 

चुनावका बेला नेताहरुले ३ सय युनिटसम्म बिजुली सित्तैमा दिने बाचा गरेको भएपनि अहिले आएर विद्युत् महशुल बढाउनु अशोभनीय रहेको प्रदर्शनकारीले उल्लेख गरेका छन् ।

प्रदर्शनकारीले प्रधानमन्त्री शहबाज शरिफको राजीनामा पनि मागेको पाकिस्तान टुडेले जनाएको छ । एकातिर १२ घण्टा विद्युत् आपूर्ति अवरुद्ध भइरहेको अवस्थामा सरकारले विद्युत महशुल बढाएकोप्रति पाकिस्तानमा चरम आक्रोश रहेको जनाइएको छ ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ७ : १२ बजे

प्रहरीले भन्यो- रविलाई दुर्व्यवहार भएको छैन, कार्यकर्ता र समर्थकले भ्रम छरे

पोखरा- जिल्ला प्रहरी कार्यालय कास्कीले पूर्वगृहमन्त्री रवि लामिछानका नेता कार्यकर्ता

जीवनलाई सहज बनाउन एआईको उपयोगमा प्रधानमन्त्रीको जोड 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको उपयोग जीवनलाई

चिनियाँ वैज्ञानिक विङडिङलाई पर्यटनमन्त्री पाण्डेको सम्मान

काठमाडौं-संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले गणतन्त्र चीनका विश्वविख्यात

हतियार नचलाए पनि बिसाउन लगाउन जानेका छौँ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले हतियार नचलाए पनि कसरी

उसुको थाउलो विश्वकपमा नेपाललाई कांस्य पदक

काठमाडौं– उसुको थाउलो विश्वकपमा नेपालले कांस्य पदक प्राप्त गरेको छ