कम्बोडियामा पाँच वर्षीया बालिकालाई एच–५एन–१ बर्डफ्लू | Khabarhub Khabarhub

कम्बोडियामा पाँच वर्षीया बालिकालाई एच–५एन–१ बर्डफ्लू


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

नोम पेन्ह – दक्षिणी कम्बोडियाको टेकेओ प्रान्तकी पाँच वर्षीया बालिकामा एच–५एन–१ बर्डफ्लूको अर्को मानव केस पुष्टि भएको छ । यसबाट सन् २०२४ को सुरुदेखि हालसम्म सङ्क्रमितको सङ्ख्या सात पुगेको स्वास्थ्य मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

“बिरामीलाई ज्वरो आएको छ, उनको काकाको तीन वर्षीय छोरालाई जुलाई ५ मा भाइरसबाट सङ्क्रमित पाइएको थियो”, दुवै पीडित किरी भोङ जिल्लाको पोउ गाउँमा एउटै घरमा बस्ने गरेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, “बालिका बिरामी हुनुभन्दा करिब १० दिनअघि गाउँमा कुखुरा र हाँसहरू मरेका थिए र बिरामीको परिवारले मरेका ती कुखुरा र हाँस पकाएका थिए भने बिरामीको मृत कुखुरासँग प्रत्यक्ष सम्पर्क थियो ।”

यस वर्ष अहिलेसम्म एच–५एन–१ बर्डफ्लूका सातवटा मानव केसमा एक वयस्कसहित छ जना बालबालिका थिए । यसमध्ये एक जनाको मृत्यु भएको थियो । एच–५एन–१ इन्फ्लुएन्जा एक फ्लू हो जुन सामान्यतया बिरामी कुखुराको बीचमा फैलिन्छ । तर यो कहिलेकाहीँ कुखुराबाट मानिसमा फैलिन सक्छ र यसका लक्षणहरूमा ज्वरो, खोकी, नाक बग्ने र गम्भीर श्वासप्रश्वाससम्बन्धी समस्या देखिन्छ ।

बर्डफ्लूले अझै पनि मानिसको स्वास्थ्यमा विशेषगरी बालबालिकाका लागि खतरा रहेको मन्त्रालयले मानिसहरूलाई बिरामी वा मरेको कुखुरा नखान आग्रह गरेको छ । सन् २००३ देखि हालसम्म एच–५एन–१ इन्फ्लुएन्जासँग मानव सङ्क्रमणका ६९ घटना रहेका थिए । यसमा कम्बोडियामा ४२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ८ : १९ बजे

प्रहरीले भन्यो- रविलाई दुर्व्यवहार भएको छैन, कार्यकर्ता र समर्थकले भ्रम छरे

पोखरा- जिल्ला प्रहरी कार्यालय कास्कीले पूर्वगृहमन्त्री रवि लामिछानका नेता कार्यकर्ता

जीवनलाई सहज बनाउन एआईको उपयोगमा प्रधानमन्त्रीको जोड 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको उपयोग जीवनलाई

चिनियाँ वैज्ञानिक विङडिङलाई पर्यटनमन्त्री पाण्डेको सम्मान

काठमाडौं-संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले गणतन्त्र चीनका विश्वविख्यात

हतियार नचलाए पनि बिसाउन लगाउन जानेका छौँ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले हतियार नचलाए पनि कसरी

उसुको थाउलो विश्वकपमा नेपाललाई कांस्य पदक

काठमाडौं– उसुको थाउलो विश्वकपमा नेपालले कांस्य पदक प्राप्त गरेको छ