राजनीतिक स्थायित्वका लागि कांग्रेस–एमालेको सरकार : शङ्कर पोखरेल « Khabarhub

राजनीतिक स्थायित्वका लागि कांग्रेस–एमालेको सरकार : शङ्कर पोखरेल


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले र नेपाली कांग्रेसको समझदारीमा बन्ने अबको सरकार राजनीतिक स्थायित्वका लागि भएको बताएका छन् ।

ललितपुर च्यासलस्थित एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले तयार पारेको सञ्चार नीतिको मस्यौदा बुझ्दै उनले सङ्कटको अवस्थामा रहेको अर्थतन्त्रलाई माथि उठाउने र जनतामा रहेको निराशालाई आशामा परिणत गर्ने प्रतिबद्धतासहितको समझदारीमा एमाले र कांग्रेस पुगेकाले नयाँ गठबन्धनको सरकार बनाउन थालिएको बताए।

महासचिव पोखरेलले अब बन्ने सरकारले देश र जनताका समस्या समाधानका लागि अन्तिम विकल्प भएको समेत बताए । मुलुकका दुई ठूला दल सम्मिलित सरकार देशका समस्या समाधान गर्न र जनतामा पैदा भएको निराशालाई आशामा परिणत गर्न नसके राष्ट्र नै असफल हुनसक्ने उनको दाबी थियो ।

उनले भने, “जनतामा निराशा, अर्थतन्त्रमा सङ्कट, समाजमा एक प्रकारको असन्तुष्टि पैदा भएको बेला त्यसलाई कसरी चिर्न नयाँ सरकार गठन हुन लागेको हो ।”

सो अवसरमा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले महासचिव पोखरेललाई सञ्चार नीतिको मस्यौदा हस्तान्तरण गरे । प्रचार विभागले डा महेन्द्र विष्टको संयोजकत्वमा गठित पाँच सदस्यीय कार्यदलले सञ्चार नीति मस्यौदा गरेको हो ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  १० : ३५ बजे

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि