आज २०८१ साल साउन २४ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८१ साल साउन २४ गते बिहीबारको राशिफल


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल साउन २४ गते बिहीबार तदनुसार सन् २०२४ अगष्ट ८ तारिख। साउन शुल्क पक्षको चतुर्थी तिथि। विश्व भूसंरक्षण दिवस। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : आज सहजै धन आर्जन हुनेछ। स्वास्थ्यमा देखिएको समस्यामा सुधार हुनेछ। परिवारको साथमा महत्तवपूर्ण काम बन्ने योग छ। मनोरञ्जनको क्षेत्रमा भने खर्च बढ्ने देखिन्छ। रुपको घमण्डले घाटा हुनसक्छ।

मेष : वैदेशिक क्षेत्रको लगानीबाट उत्साह मिल्नेछ। टाउको र आँखामा समस्या हुनसक्छ। परिवारसँगै बसेमा दिन सुखमय हुनेछ। सामाजिक क्षेत्रमा सुरु गरेको काम सफल बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा मन शान्त हुनेछ।

वृष : आज सम्पत्ति आर्जन गर्ने दिन हो। लगानी गर्ने हिम्मत गरेमा सफलता मिल्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुने योग छ। स्वास्थ्यमा देखिएको समस्याको समाधान हुनेछ।
तपाईंको ग्रह बलियो भएकाले गुम्न लागेको सम्पत्ति फिर्ता हुनेछ।

मिथुन : आज हरेक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। राजनीतिक क्षेत्रमा मेहनत बढ्नेछ। आफन्तको बारेमा खराब खबर सुन्नुपर्ने हुनसक्छ। अप्रिय खबरले खानपानमा अरुची हुँदा स्वास्थ्यमा समस्या हुने देखिन्छ। बजारको खानपानमा ध्यान नदिँदा रोग बढ्न सक्छ। सामाजिक सेवाको अवसर प्राप्त हुनेछ।

कर्कट : तपाईंले सुरु गरेको काममा सफलता मिल्ने दिन छ। नयाँ योजना बन्नेछन्। यस्ता योजनाबाट जसबाट लाभ लिन सकिनेछ। पारिवारिक स्रोतको साथ र सहयोग रहनेछ। आफ्नै बोलीका कारण अप्ठ्यारोमा पर्ने जोखिम रहेकाले बोल्दा सचेत बन्नुपर्ने दिन छ।

सिंह : धनलक्ष्मी योग परेकाले मान, सम्मान प्राप्त हुनेछ। प्राविधिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। परिवारमा भने बौद्धिक विवाद हुने जोखिम रहेको छ। व्यवहार गर्दा कम बोल्नु फाइदा हुने दिन छ।

कन्या : सामाजिक राजनीतिक क्षेत्रमा, सभा समारोहमा भेटघाट बढ्नेछ। पुराना साथीसँगको भेटले मनमा खुशी बढ्नेछ। नियमित काममा जाँगर बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने भएकाले परिवारमा शान्ति छाउने दिन छ।

तुला : पारिवारसँगको सम्बन्ध सुमधुर रहनेछ। मंगल कार्यमा सहभागी हुँदा खुशी मिल्ने योग छ। समाजसेवामा सक्रिय हुँदा व्यवहार बिग्रने जोखिम देखिन्छ। खानपानमा ख्याल नगर्दा पुरानो रोग बढ्ने खतरा हुनसक्छ।

वृश्चिक : राजनीतिक, सामाजिक क्षेत्रमा प्रगति हुनेछ। लगानीका स्रोत अब्बल रहेका छन्। वैदेशिक रमझमले मन तान्नेछ। व्यापारमा लगानी भए फाइदा हुनेछ। अप्ठेरो परिस्थितिमा परिवारको साथ मिल्नेछ।

धनु : तपाईंले गरेको काम सफल बन्ने दिन छ। सबै झन्झटबाट मुक्ति मिल्नेछ। पैतृक सम्पत्तिको जगमा गर्ने कार्यबाट उत्साह र उमंग बढ्नेछ। पारिवारिक प्रेम सम्बन्ध सुमधुर बन्नेछ। राज्यको सुरक्षा प्राप्त हुनेछ।

मकर : अनावश्यक गरिने खर्चले मन अशान्त हुनसक्छ। साथीसँगको संगतले मनमा शान्ति मिल्नेछ। स्वदेशमा भन्दा विदेशमा तपाईंको कदर हुनेछ। वैदेशिक क्षेत्रमा लगानी भए सफलता मिल्नेछ। हरेक क्षेत्रमा पारिवारिकको साथ मिल्ने योग छ।

कुम्भ : साना कुराले मन अशान्त हुनेछ। झुटो आरोपको सामना गर्ने योग रहेको छ। नगरेको कामको भागिदार बन्नुपर्ने हुनसक्छ। शनिदेवको बक्रगति परेकाले शनिदेवको पूजा गर्नुपर्ने देखिन्छ।

मीन : आज खर्च र आम्दानी बराबर हुने दिन छ। श्रमको फल प्राप्त भए पनि आकर्षक नहुनसक्छ। राजनीति र सामाजिक क्षेत्रमा तपाईको प्रशंसा हुनेछ। नोकरीमा पदोन्नती हुने योग छ। धार्मिक क्षेत्रमा सहभागी भएमा मन शान्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  ५ : ०९ बजे

ओली–दाहाल मिल्ने चर्चाबीच रामकुमारीको स्पष्टीकरण: कुनै दलसँग चुनावी सहकार्यको प्रस्ताव भएको छैन

काठमाडौं – नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी

झापामा भोट माग्न सादा पोशाकका प्रहरी प्रयोग, बालेन्द्रलाई आयोगले सोध्यो दोस्रो पटक स्पष्टीकरण

काठमाडौं- निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र साहलाई दोस्रो पटक

युवा संघले निर्वाचनका लागि देशभर परिचालन कमाण्ड बनाउने

काठमाडौं– नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले आसन्न

नेपालीले मापदण्डभन्दा दोब्बर नुन खान्छन् : डा. उप्रेती 

काठमाडौं– नेपालीहरूले विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डभन्दा दोब्बर बढी नुन

प्रतिनिधिसभा सदस्य निर्वाचन : आयोगले सोध्यो २९ स्पष्टीकरण

काठमाडौं– निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने थप नौ जनालाई