बंगलादेशको अन्तरिम सरकारले आज शपथ लिने, शान्त रहन युनुसको अपिल « Khabarhub

बंगलादेशको अन्तरिम सरकारले आज शपथ लिने, शान्त रहन युनुसको अपिल


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


819
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बंगलादेशको अन्तरिम सरकारले आज शपथ लिने कार्यक्रम रहेको छ । बंगालदेशका सेना प्रमुख वाकर–उज–जमानले नोवेल शान्ति पुरस्कार विजेता डा. मोहमद युनुस नेतृत्वको अन्तरिम सरकारले आज शपथ लिने जानकारी दिए । उनका अनुसार अन्तरिम सरकार १५ सदस्यीय हुनेछ ।

सेना प्रमुख जमानले बंगलादेशमा ३–४ दिन भित्र पूर्ण रुपमा शान्ति बहाल हुने बताएका छन् । उनले देशमा पछिल्ला दिनहरुमा लुटपाट र तोडफोडका घटनाहरुमा संलग्न सबैलाई कानूनको दायरामा ल्याउने बताउँदै देशमा शान्ति बहाल गर्न एयर फोर्स र नाभीले मिलेर काम गरिरहेको समेत जानकारी दिए ।

उनले अन्तरिम सरकार प्रमुखमा नियुक्त भएका युनुससँग आफूले कुरा गरेको र उनको नेतृत्वमा देश छिट्टै प्रजातान्त्रिक प्रक्रियामा फर्किने विश्वास व्यक्त गरेका छन् ।

गत सोमबार शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छोडेपछि अनिश्चित बनेको बंगलादेशको राजनीति अब विस्तारै लयमा आउने देखिएको छ ।

आन्दोलनरत विद्यार्थीहरुको माग बमोजिम राष्ट्रपति मुहमद शाहबुद्दीनले संसद भंग गरेर नोबेल पुरस्कार विजेता डा. युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरेका थिए ।
यसैबीच, अन्तरिम सरकारको नेतृत्व गर्न तयार भएका युनुसले देशबासीहरूलाई ‘मुलुक निर्माणका लागि तयार’ रहन आह्वान गरेका छन् ।

उनले बुधबार एक विज्ञप्तिमार्फत सबैलाई शान्त हुन आग्रह गर्दै देश निर्माणमा लाग्न आग्रह गरे । उनले हिंसाको बाटोमा गए सबै नष्ट हुने समेत बताएका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  १० : १८ बजे

कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैन : मन्त्री घिसिङ

काठमाडौं–  शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालमा द्रुत विकास हासिल गर्न

शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यक : जेलेन्स्की

एजेन्सी– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले कम्तीमा ६० दिनको युद्धविराममा

देश नयाँ शिराबाट अगाडि बढ्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक

बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘न्युज फेस्टिबल’

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘तेस्रो लुम्बिनी न्युज फेस्टिबल’ आयोजना

हनुमान ढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौं– हनुमान ढोका दरबार सङ्ग्रहालयको मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड